चितवन । नेपाल राष्ट्रिय मारवाडी परिषदका केन्द्रीय बरिष्ठ उपाध्यक्ष तथा समाजसेवी उमाशंकर अग्रवाललाई प्रवल जनसेवाश्री पदकबाट विभुषित गरिएको छ ।
लामो समयदेखि समाजसेवाको माध्यमबाट समाजमा अपुरणीय योगदान दिएको भन्दै नेपाल सरकारले संविधान दिवशको अवसरमा अग्रवाललाई प्रवल जनसेवाश्री पदकबाट विभुषित गरेको हो ।
भरतपुर महानगरपालिका वडा नं. १ निवासी अग्रवाल समाजसेवाको क्षेत्रमा परिचित नाम हो । उहाँ बागेश्वरी आध्यात्मिक परिषदको सल्लाहाकार, पतान्जली योग समिति चितवनको सल्लाहकार, हाम्रो घर नारायगढको महासचिव सहित दजर्नौ समाजिक संघसंस्थामा आवद्ध हुनुहुन्छ ।



















उज्यालो खबर








