देवी ज्ञवाली भन्छन्- मैले जिते मुख्यमन्त्री हुन्छु
चितवन । नेपाल कम्युनिष्ट पार्टी एमालेका पोलिट्ब्यूरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवाली संघीय सांसद उठ्न चाहन्थे । एमाले सांसद कृष्णभक्त पोखरेलसँगै ज्ञवालीको पनि नाम चितवन क्षेत्र नं। २ बाट सिफारिस भयो । तर, ज्ञवाली प्रदेशमा उठ्न राजी भए, निर्वाचन जिते मुख्यमन्त्री पाउने सर्तमा । २०७४ सालमा भरतपुर महानगरपालिकाको मेयर तथा २०६४ मा भएको संविधान सभाको निर्वाचनमा चितवन क्षेत्र नं। २ बाट पराजित भएका ज्ञवाली यसपटक जितको खोजीमा छन् ।
क्षेत्र नं। २ को प्रदेश क्षेत्र (ख) ...


