चितवन । चितवन क्षेत्र नं। ३ (ख) का प्रदेशसभा उम्मेदवार ठाकुर प्रसाद ढकालले प्रयोग गर्नुभएको चुनाबी प्रचार गाडीमा आगजनीको प्रयास भएको छ ।मास्क लगाई मोटरसाइकल चढेर आएका २ जना अपरिचित युवकहरुले, ढकालले चुनाबी प्रचारका क्रममा चढ्दै आउनुभएको बागमती प्रदेश ०६ ००१ य ०००१ नम्बरको स्कोर्पियो गाडीमा, बिहान ६ वजे  पेट्रोल छर्किएर आगो लगाई भागेका हुन् ।

आगो लागेको थाहा पाएलगत्तै घरमै जोडिएको पानी तान्ने मोटरबाट आगो निभाइएको उम्मेदवार ढकालले स्वदेशलाई बताउनुभयो । ढकाल लोकतान्त्रिक बाम गठबन्धन अन्तरगत नेकपा (माओवादी केन्द्र) बाट चितवन ३(ख)  का प्रदेशसभा उम्मेदवार रहनुभएको छ ।

तपाईको प्रतिक्रिया