×

चितवन सेरोफेरो

चितवन ३ मा बिक्रम पाण्डेको फराकिलो मतान्तर, गठबन्धनको भन्दा १४३५ मत बढी

चितवन ३ मा बिक्रम पाण्डेको फराकिलो मतान्तर, गठबन्धनको भन्दा १४३५ मत बढी
चितवन । चितवन निर्वाचन क्षेत्र नं. ३ मा राप्रपा उम्मेदवार बिक्रम पाण्डेले मतान्तर बढाउदै लगेका छन् । दिउसो ३ वजेसम्म पाण्डेले गठबन्धनका उम्मेदवार भोजराज अधिकारीको भन्दा १४३५ मत बढि ल्याएका छन् । पाण्डेले ५७२५ मत ल्याउदा अधिकारीले ४२९० मत ल्याएका छन् । राष्टिय स्वतन्त्र पार्टीका जिता बरालले ४४२४ र स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ३४७२ मत ल्याएका छन् ।

चितवन ३ मा राप्रपाका बिक्रम पाण्डे हावी

चितवन ३ मा राप्रपाका बिक्रम पाण्डे हावी
चितवन । चितवन ३ मा राप्रपाका उम्मेदवार बिक्रम पाण्डेले अग्रता बढाउदै लगेका छन् । भरतपुर महानगरपालिका वडा ६, ८ ९ र १५ को गणना गर्दा बिक्रम पाण्डेले ४१४६ मत प्राप्त गरेका छन् । पाण्डेलाई फलो गर्दै गठबन्धनका उम्मेदवार भोजराज अधिकारीले ३५७९ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाको २९५४ मत आएको छ । हाल गणना गरिएका वडाहरुमा गठबन्धनका उम्मेदवार भोजराज अधिकारीको मत बढ्नुपर्नेमा राप्रपाका उम्मेदवार पाण्डेको मत बढ्नुले पाण्डेकै पक्षमा मत जाने देखिएको छ ।

चितवन-१ मा अघिअघि घण्टी, पछिपछि कांग्रेस

चितवन-१ मा अघिअघि घण्टी, पछिपछि कांग्रेस
चितवन । चितवन क्षेत्र नम्बर-१ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पछाडी पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार हरि ढकालले अग्रता कायम राखेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालले ६ हजार ६७ मत ल्याएका छन् भने कांग्रेसका विश्वनाथ पौडेलले ५ हजार ८० मत पाएका छन् । यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेले ४ हजार ५२३ मत ल्याएका छन् । यसअघि २०७४ सालको निर्वाचनमा चितवन-१ बाट एमालेका पाण्डे निर्वाचित भएका थिए ।

मतगणना नसकिँदै काठमाडौं ४ बाट गगन थापा विजयी

मतगणना नसकिँदै काठमाडौं ४ बाट गगन थापा विजयी
काठमाडौं । काठमाडौं– ४ मा मतणना नसकिँदै नेपाली कांग्रेसका गगन थापा विजयी भएका छन् । नेकपा एमालेका राजन भट्टरार्ईलाई भारती मतान्तरले पछि पार्दै उनी सांसद निर्वाचित भएका हुन् । अहिलेसम्म यस क्षेत्रमा ४३ हजार ३ सय ९६ मतको गणना सकिएको छ । खसेको मत ४८ हजार ८५९ मत हो । अब ५ हजार ४ सय ६३ मत गन्न बाँकी छँदा गगनको अग्रता ६ हजार ८३४ पुगिसकेको छ । यसर्थ अबको गणनामा कुनै मत नआए पनि गगन विजयी हुनेछन् । अहिलेसम्मको गणनामा गगनले २० हजार ४१७ भोट ल्याएका छन् भने एमालेका भट्टराईको १३ हजा...

सञ्चारकर्मी महाविर विश्वकर्माको दुर्घटनामा परी निधन

सञ्चारकर्मी महाविर विश्वकर्माको दुर्घटनामा परी निधन
चितवन – चितवनका चर्चित सञ्चारकर्मी महाविर विश्वकर्माको आज बिहान सवारी दुर्घटनामा परेर निधन भएको छ । राप्ती नगरपालिका–४ सुन्दरबस्तीस्थित आफ्नो घरबाट काठमाडौं जाँदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा आज बिहान साढे ५ बजे माइक्रो बस दुर्घटना हुँदा उनको मृत्यु भएको हो । आफू सवार ना २ ख २३८२ नम्वरको माइक्रोबसमा च्यापिएका विश्वकर्मालाई झण्डै २ घण्टापछि निकालिएको थियो । विग्रेर रोकिराखेको ना २ ख ८५२२ नम्वरको ट्रकमा माइक्रो ठोक्किएको थियो । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । प...

चितवन- २ मा १०० मत गन्दा पाेखरेलकाे ५३ , लामिछानेकाे ५ मत

चितवन- २ मा १०० मत गन्दा पाेखरेलकाे ५३ , लामिछानेकाे ५ मत
चितवन । चितवन-२ को मतगणना सुरु भएको छ । १०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन् । पोखरेलले ५३, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३३ र राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले ५ मत पाएका छन् । यो क्षेत्रमा इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ बाट मत गणना सुरु गरिएको हो ।

चितवनमा मतगणनाअघि सुरु हुनै बाँकी, मिथ्या सूचना प्रवाह नगर्न  आग्रह

चितवनमा मतगणनाअघि सुरु हुनै बाँकी, मिथ्या सूचना प्रवाह नगर्न  आग्रह
चितवन । चितवनका तीन वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु हुनुअघि सर्वदलीय बैठक बोलाइएको छ ।केही सञ्चारमाध्यम र सामाजिक संजालमा चितवन २ को मतगणनाको अपडेट भन्दै आएका विवरण मिथ्या सूचना रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मतगणना सुरु नै नभएको प्रष्ट पारेको छ । आयोगले मिथ्या सूचना प्रवाह नगर्न समेत आग्रह गरेको छ । केही सन्चारमाध्यममा रवि लामिछानेको अग्रता भन्दै मत संख्या समेत सार्वजनिक भएपछि निर्वाचन अधिकृतको कार्यालयले गणना सुरु नभएको जनाएको हो । मतपेटिकाहरू मतग...

प्रत्यक्षतर्फको नतिजा ३ दिनभित्र : निर्वाचन आयोग

प्रत्यक्षतर्फको नतिजा ३ दिनभित्र : निर्वाचन आयोग
काठमाडौं । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सम्पूर्ण परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने लक्ष्य रहेको निर्वाचन आयोगले जनाएको छ । प्रत्यक्षतर्फको परिणाम तीन दिनभित्र र समानुपातिक तर्फको परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने आयोगको लक्ष्य छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले भने, ‘सबै मतपेटिका संकलन भएको लगत्तैदेखि मतगणना सुरु हुनेछ, तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योज...

कांग्रेस र एमालेको मत मलाई आउँछ : दिनेश कोइराला

कांग्रेस र एमालेको मत मलाई आउँछ : दिनेश कोइराला
चितवनको निर्वाचन क्षेत्र नं. ३ छाडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गोरखा पुगेपछि यहाँको चुनावी प्रतिस्पर्धा त्रिपक्षिय हुने देखिएको छ ।एमालेको सर्मथनमा उम्मेदवार बनेका दिनेश कोइराला, राप्रपाका विक्रम पाण्डे र सत्ता गठवन्धनका डा. भोजराज अधिकारीका बीचमा चुनावी प्रतिस्पर्धा हुँदैछ । डा. अधिकारीलाई कांग्रेसको संस्थापन पक्षको सर्मथन छ । कांग्रेसबाट नै चितवन ३ मा बागी उम्मेदवार बनेका छन् पूर्व सांसद जगन्नाथ पौडेल । यसैले कांग्रेसको मत कता कता जान्छ यसै भन्न सक्ने अवस्था ...