
चितवन । चितवन ३ मा राप्रपाका उम्मेदवार बिक्रम पाण्डेले अग्रता बढाउदै लगेका छन् । भरतपुर महानगरपालिका वडा ६, ८ ९ र १५ को गणना गर्दा बिक्रम पाण्डेले ४१४६ मत प्राप्त गरेका छन् ।
पाण्डेलाई फलो गर्दै गठबन्धनका उम्मेदवार भोजराज अधिकारीले ३५७९ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाको २९५४ मत आएको छ ।
हाल गणना गरिएका वडाहरुमा गठबन्धनका उम्मेदवार भोजराज अधिकारीको मत बढ्नुपर्नेमा राप्रपाका उम्मेदवार पाण्डेको मत बढ्नुले पाण्डेकै पक्षमा मत जाने देखिएको छ ।