×

चितवन सेरोफेरो

शिक्षण संस्थालाई ४ र सरकारी निकायलाई दुई दिने बिदा दिने सरकारको घोषणा

शिक्षण संस्थालाई ४ र सरकारी निकायलाई दुई दिने बिदा दिने सरकारको घोषणा
काठमाडौँ । सरकारले आउँदो निर्वाचनमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ४ गते आइतबार हुन गई रहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा मतदान स्थल रहेका शिक्षण संस्थारविद्यालयहरूमा २ गतेदेखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि नेपालले बताए ।

यस्तो छ तपाईको आजको राशिफल

यस्तो छ तपाईको आजको राशिफल
आज २०७९ साल कार्तिक २९ गते मंगलवार, तदनुसार सन् २०२२ नोभेम्बर १५ तारिख । विभिन्न राशि भएका व्यक्तिहरुको राशिफल यस्तो रहेको छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज फजुलको धन खर्च हुनसक्छ । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । मनमा दुबिधा उत्पन्न हुनेछ । चोटपटकको भय छ सचेत रहनुहोला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ काम सुरु गर्ने समय छ । जोशजाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला । साथीभाइबाट बढी फाइदा लिने समय छ । मिथुन (का, कि, क...

चितवन ३ का उम्मेदवार बिक्रम पाण्डेप्रति एमाले अध्यक्ष ओली मौन

चितवन ३ का उम्मेदवार बिक्रम पाण्डेप्रति एमाले अध्यक्ष ओली मौन
चितवन । चुनावी आमसभामा चितवन आएर अन्य राजनैतिक दल र उनका उम्मेदवारहरु प्रति कटाक्ष गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राप्रपा उपाध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार बिक्रम पाण्डेप्रति मौन देखिएका छन् । भरतपुरको गेष्ट हाउसचौरमा आज दिउसो आयोजित चुनावी आमसभामा अधयक्ष ओलीले चितवन क्षेत्र नं. ३ का राप्रपा उम्मेदवार बिक्रम पाण्डेको कुनै आलोचना गरेनन् । चितवनमा राप्रपाले पार्टीका वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री बिक्रम पाण्डेलाई उम्मेदवार बनाएको छ । पाण्...

चुनावी आम सभालाई सम्बोधन गर्न ओली आज चितवन आउदै

चुनावी आम सभालाई सम्बोधन गर्न ओली आज चितवन आउदै
चितवन । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज  चितवन आउँदै छन् । एमाले चितवनले आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्न ओली चितवन आउने भएका हुन् । गेस्ट हाउस चौरमा हुने चुनावी आम सभालाई एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि सम्बोधन गर्ने कार्यक्रम छ । चुनावी सभामा जिल्लाभरबाट २५ हजार भन्दा बढी जनता सहभागी हुने एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए । भरतपुरका तीन ठाउँमा जम्मा भएर कार्यक्रम स्थलको लागि ¥य...

निर्वाध रूपमा प्रचारप्रसार गर्ने वातावरण सृजना गर्नू : निर्वाचन आयाेग

निर्वाध रूपमा प्रचारप्रसार गर्ने वातावरण सृजना गर्नू : निर्वाचन आयाेग
काठमाडौं ।  निर्वाचन आयोगले सबै राजनीतिक दल एवं सबै उम्मेदवारलाई निर्वाध रूपमा प्रचारप्रसार गर्ने वातावरण सृजना गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।आइतबार दिउँसो चितवनको मुग्लिनमा राष्ट्रिय स्वतन्‍त्र पार्टीका सभापतिसहित प्रचारप्रसारमा रहेको बेलामा एउटा गाडीमा तोडफोड भएको थियो। तोडफोड भएपछि आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले विज्ञप्ति जारी गर्दै सबै राजनीतिक दल एवं उम्मेदवारलाई निर्वाध रूपमा प्रचारप्रसार गर्ने वातावरण सृजना गर्न गृह मन्त्रालयलाई पुन:निर्देशन...

झुपडीबाट विकास र परिवर्तनको बीउ रोप्छु : बिक्रम पाण्डे

झुपडीबाट विकास र परिवर्तनको बीउ रोप्छु : बिक्रम पाण्डे
भरतपुर ।  राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले मंसिर ४ पछि गरिबको झुपडीबाट परिवर्तन सुरू हुने बताउनुभएको छ। नियमित चुनावी घरदैलो अभियानका क्रममा भरतपुर–९ शरदपुरस्थिच झेर्नी मगर समूहले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै यसपटकको निर्वाचनपछि विपन्न र गरिब तथा सुकुमबासीको झुपडीबाट विकासको लहर बाहिर आउने बताउनुभएको हो। यसअघिका धेरै निर्वाचनमा धेरै दल र नेताले ठूलाठूला कुरा गरेर काम नगरे पनि अबको निर्वाचनपछि भने आफूले झुपडीबाट विकास र परिवर्तनको बीउ रोप्ने बताउनुभएको...

चितवनमा गठबन्धनका नेता कार्यकर्ताद्वारा रवि लामिछानेको प्रचारमा हिडेको गाडीमा तोडफोड

चितवनमा गठबन्धनका नेता कार्यकर्ताद्वारा रवि लामिछानेको प्रचारमा हिडेको गाडीमा तोडफोड
चितवन । चितवनमा गठबन्धनका नेता तथा कार्यकर्ताहरुले रवि लामिछानेको प्रचारमा हिडेको गाडीलाई तोडफोड गरेका छन् । इच्छाकामना गाउँपालिका–४ लेवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता सवार बा१४ च ७६८४ नम्बरको गाडीमा गठबन्धनका नेता तथा कार्यकर्ताले तोडफोड गरेका हुन् । तोडफोडबाट गाडीको अगाडिको सिसा फुटेको छ । गाडीभित्र मानिस रहेकै समयमा गाडी माथि नै चढेर तोडफोड गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी चितवनले जनाएको छ ।

खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा ५ लाखको क्षति

खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा ५ लाखको क्षति
चितवन– चितवनको राप्ती नगरपालिका–७ ‘फोर ग्रुप’ बस्ने उत्तम कुमार मगरको घरमा आगलागी भएको छ । आज बिहान करिब ७ः२० बजेको समयमा टिनले छाएको भान्छा कोठामा खाना पकाउने ग्यास लिक भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट भान्छा कोठामा भएका सबै भाडाकुडा, खानेकुराहरू र फर्निचरका सामानहरू जलेको जिल्ला प्रहरी कार्यालय चितनवका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । दमकल, प्रहरी र स्थानीयको सहयोगमा बिहान करिब ८ बजे आगो नियन्त्रणमा आएको र आगलागीबाट करिब ५ लाख रुपैयाँ बराबरको ...

प्रहरीलाई थपलियाको निर्देशन– मतपेटिकमा कसैले छड्के आँखा लगाए ठाउँको ठाउँ कारबाही गर्नु

प्रहरीलाई थपलियाको निर्देशन– मतपेटिकमा कसैले छड्के आँखा लगाए ठाउँको ठाउँ कारबाही गर्नु
चितवन ।  प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा कसैले मतपेटिकामा छड्के आँखा लगाए ठाउँको ठाउँ कारबाही गर्न निर्देशन दिएका छन्। चितवनको भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयका अधिकृत र तालिममा रहेका प्रहरीलाई सम्बोधन गर्दै थपलियाले कसैको प्रलोभन, डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर मतदाताले विवेकको मत हाल्न पाउने वातावरण सिर्जनाका लागि उच्च मनोबलका साथ काम गर्न आग्रह गरे। ‘मतदान केन्द्रमा सही मतदाता आएका छ...