चितवन । चुनावी आमसभामा चितवन आएर अन्य राजनैतिक दल र उनका उम्मेदवारहरु प्रति कटाक्ष गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राप्रपा उपाध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार बिक्रम पाण्डेप्रति मौन देखिएका छन् ।

भरतपुरको गेष्ट हाउसचौरमा आज दिउसो आयोजित चुनावी आमसभामा अधयक्ष ओलीले चितवन क्षेत्र नं. ३ का राप्रपा उम्मेदवार बिक्रम पाण्डेको कुनै आलोचना गरेनन् । चितवनमा राप्रपाले पार्टीका वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री बिक्रम पाण्डेलाई उम्मेदवार बनाएको छ । पाण्डे चितवनमा लामो समयदेखि राजनिति गरेका नेता हुन् ।देशका विभिन्न स्थानमा एमालेसँग तालमेल गरेको भएपनि चितवनमा राप्रपाले एक्लै उम्मेदवारी दिएको छ ।

चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विरामी जाँच्ने डाक्टरले कानून बनाउन नसक्ने बताए । गठबन्धनका तर्फबाट चितवन ३ का उम्मेदवार बनेका डा. भोजराज अधिकारी तर्फ संकेत गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

स्वतन्त्र पार्टीलाई इङगित गर्दै उनले युवाहरु चुनावमा उम्मेदवार बन्दैमा तर्सिएर गाडी तोडफोडमा गठबन्धन लागेको आरोप लगाए । एउटा घण्टी बजाउदैमा ढुंगाले हान्नुपर्थ्यो, ओलीले भने, मञ्च तल केटाकेटी नाच्दैमा डान्सरहरु डराउनुपर्ने कुनै कारण छैन । उनले स्वतन्त्र पार्टीका उम्मेदवारले जनताको घरदैलोमा जादा बाटो समेत नचिनेर अल्मलिरहेको व्यङ्ग्य गरे ।

तपाईको प्रतिक्रिया