चितवन । नेपाली काँग्रेस चितवनका नेता तथा पूर्वसभापति विकास कोइरालाले मंसिर ४ गतेको निर्वाचनमा गठबन्धनका पक्षमा मत माग्न नसक्ने बताएका छन् । पार्टीले गरेको कारबाही हालसम्म फिर्ता नभएको भन्दै उनले खुलेर गठबन्धनको पक्षमा भोट माग्न नसक्ने बताए ।

भरतपुरमा आज आयोजित पत्रकार सम्मेलनमा नेता कोइरालाले आफु पार्टीको संरचनाभित्र नभएकोले काँग्रेस र गठबन्धनका उम्मेदवारहरुलाई जिताउछु भनेर हिड्न नमिल्ने बताए ।म अहिले मतदाता मात्रै छु उनले भने – ”व्यक्तिगत सम्वन्धका आधारमा भोट हाल्छु ।”

मतदान गोप्य हुने भन्दै उनले के मा भोट हाल्ने भन्ने कुरा खुलाएनन् ।जनताको विचमा गएर पार्टी र गठबन्धनका पक्षमा भोट माग्ने बाताबरण नेतृत्वले नबनाएको उनले बताए । काँग्रेसको जिल्ला नेतृत्व प्रति संकेत गर्दै नेता कोइरालाले ठुलो भागलाई छाडेर सानो भागलाई रोजेको आरोप लगाए ।

तपाईको प्रतिक्रिया