चितवन– नेकपा एमालेका उपाध्यक्ष तथा निर्वाचन क्षेत्र नं। १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुरेन्द्र पाण्डेले गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेलले झुट प्रचार गरेको आरोप लगाउनु भएको छ ।

मतदातालाई प्रभावित पार्न हुदै नभएको, आफूले नगरेको कामलाई पनि आफ्नो पहलमा भएको भन्दै प्रचारमा उत्रेको भनेर पाण्डेले झुट प्रचारको आरोप लगाउनुभएको हो ।

पाण्डेले भन्नुभयो, ‘पूर्वपश्चिम राजमार्ग टिकौलीदेखि पथलैयासम्मको बाटो विश्व पौडेलले आफूले गरिरहेको भन्नु भएछ । मैले तुरुन्तै सडक विभागको डीजीलाई फोन गरेर सोधेँं । सन् २०२० मै बसन्त नेम्वाङ भौतिक पूर्वाधार विकासमन्त्री भएका बखत डीपीआर भएर एसियाली विकास बैंकबाट बनाई दिने सम्झौता भएको थाहा भयो । त्यसले अहिले डीपीआर गरिरहेको छ । अब अर्को वर्ष मात्रै लोन एग्रिमेन्ट हुन्छ । अहिले केही पनि भएको छैन । उहाँले मैले गरें भनिदिनु भएको छ । नकचरालाई के उपचार हुन्छ ?’

आफूहरुले हालेको योजनाहरु, योजना आयोगबाट डा। पौडेलले हालेको भनेर गठबन्धनले प्रचार गरिरहेको पाण्डेले बताउनुभयो । ‘अहिले योजना आयोगले पैसा नै हाल्दैन । त्यति पनि थाहा नपाएको मान्छे गफ चुटेर हिँडेको छ । अहिले त एलएमबीएस लाइन मिनिस्ट्री बजेटरी सिस्टम भन्छन्, ‘मन्त्रालय र अर्थ मन्त्रालयको बीचमा ‘कोर्डिनेसन’ हुन्छ । त्यसले बजेट किताब छाप्छ । सम्बन्धित मन्त्रालयले नै किताब छाप्छ, योजना आयोग जाँदै जाँदैन ।’

आफूले गरेको कामको विषयमा उमेदवारहरुको प्रचार गर्ने बानी पुरनौ हो तर अहिले पूर्वी चितवनको निर्वाचन क्षेत्रमा गठवन्धनका उमेदवार विश्व पौडेल झुटा प्रचारमा व्यस्त भएको एमालेको ठहर छ । योजना आयोगका उपाध्यक्षले कुनै क्षेत्रमा बजेट विनियोजन गर्न सक्ने अधिकार नहुने पार्टीले बताएको छ ।

त्यसैगरी एमाले उम्मेदवार पाण्डेले भण्डारा मलेखु चेपाङ माग सुरेन्द्र पाण्डेको नेतृत्वमा बजेट परेर निर्माणको काम भइराखेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘कयर खोलाको तटबन्धन आफ्नै पहलमा अहिले पनि निर्माणको काम भइराखेको छ । यसको विकासका क्रम र बजेट आउने निकायले प्रष्टरुपमा मेरो पहलमा भएको बताइरहेका छन् । तर अहिले उमेद्वार भएका पौडेल आफ्नो पहलमा विकास निर्माणको काम भइराखेको भनी प्रचार गर्दै हिडेका छन् ।’

तपाईको प्रतिक्रिया