×

चितवन सेरोफेरो

बाबा र आमाको सेवा गर्न सिकाउँदै चितवनको नारायणी नमूना मावि

बाबा र आमाको सेवा गर्न सिकाउँदै चितवनको नारायणी नमूना मावि
भरतपुर । “आमा मलाई हुर्काउनु भो, पढाउनु भो, माया दिनुभयो । अब म हजुरको सधैँ सेवा गर्छु है” भन्दै नारायणी नमूना मावि भरतपुरमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी निश्चल अधिकारी आफ्नी आमाको गाला मुसार्दै हुनुहुन्थ्यो । उहाँले विद्यालयमा आयोजित कार्यक्रममा सबैका सामु आफ्नी आमालाई सधैँ माया गर्ने प्रतिबद्धता जनाउनुभयो । निश्चलजस्तै अन्य विद्यार्थीले पनि आफ्ना बा–आमाप्रति माया र स्नेह जगाउँदै थिए । चितवनमै पहिलोपटक गरिएको कार्यक्रममा अभिभावकसहित विद्यार्थीको आँखाबाट भावुकतासँगै आँशु...

महान्यायाधिवक्तामा डा.पोखरेल नियुक्त

महान्यायाधिवक्तामा डा.पोखरेल नियुक्त
काठमाडौँ । अधिवक्ता डा। दिनमणि पोखरेल महान्यायाधिवक्ता पदमा नियुक्त भएका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा ९२० बमोजिम उनलाई सो पदमा नियुक्त गरिएको हो । डा। पोखरेल प्युठानको झिमरूक गाउँपालिका(४ निवासी हुन् ।

३५ तोला सुनसहित पक्राउ परेका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस

३५ तोला सुनसहित पक्राउ परेका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस
काठमाडौं ।  इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ।प्रहरी प्रधान कार्यालय नक्सालले केसीलाई निलम्बन गर्न गृह मन्त्रालयमा सिफारिस गरेको प्रहरी प्रवक्ता डीआइजी टेकबहादुर राईले  जानकारी दिए। उनले भने, निलम्बनका लागि गृहमन्त्रालयसमक्ष सिफारिस पठाएका छौं। त्‍यसका लागि थप अनुसन्धान अघि बढ्छ।बुटवलका एक व्यापारीसँग सुन नियन्त्रणमा लिएर आफै राखेको आरोप लागेपछि डीएसपी ठगबहादुर केसी पक्राउ परेका हुन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ...

फेन्सी व्यवसायी संघ चितवनको अध्यक्षमा शंकरप्रसाद घिमिरे निर्वाचित

फेन्सी व्यवसायी संघ चितवनको अध्यक्षमा शंकरप्रसाद घिमिरे निर्वाचित
चितवन–फेन्सी व्यवसायी संघ चितवनको अध्यक्षमा शंकरप्रसाद घिमिरे निर्वाचित भएका छन्। सोमबार राति सम्पन्न अधिवेशनबाट संस्थापन पक्षका यमप्रसाद घिमिरेलाई पछि पार्दै संस्थापन इतरका घिमिरे निर्वाचित भएका हुन् । शंकरप्रसाद घिमिरे ४८९ मतसहित विजयी हुँदा यमप्रसाद घिमिरेले जम्मा २२२ मतमात्र प्राप्त गर्न सफल भए। वरिष्ठ उपाध्यक्षमा भने संस्थापन समूहबाटै रामप्रसाद पौडेल विजयी भएका छन्। उनी ४५५ मतसहित विजयी हुँदा शंकर समूहका पाण्डव ढकालले जम्मा २३९ मत पाए। उपाध्यक्षमा शंकर समूहकै मीना बस्...

मनकामना ग्रुपको २८ औं वार्षिकोत्सवमा ५६ जनाले गरे रक्तदान

मनकामना ग्रुपको २८ औं वार्षिकोत्सवमा ५६ जनाले गरे रक्तदान
भरतपुर।  मनकामना ग्रुपको २८ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमसम्पन्न भएको छ । विहीबार भरतपुर स्थित आफ्नै कार्यालय परिसरमा आयोजित कार्यक्रममा पुरुष ४९ र महिला ७ गरी ५६ जनाले रक्तदान गरेका हुन् ।कम्पनिले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रहेर नेपाल रेड्क्रस सोसाइटी संगको सहकार्यमा कार्यक्रमको आयोजना गरेको हो । मनकामना ग्रुप अफ कम्पनि द्वारा आठ भन्दा बढि कम्पनिहरु संञ्चालित रहेका छन् । ग्रुप अन्तरर्गत रहेका बिभिन्न कम्पनिका कर्मचारीहरुले रक्तदान गरेका थिए...

माघ ४ गतेदेखि १५ गतेसम्म चितवनमा खैरहनी महाेत्सव हुने

माघ ४ गतेदेखि १५ गतेसम्म चितवनमा खैरहनी महाेत्सव हुने
चितवन  । खैरहनी महोत्सव यो वर्ष आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती र उद्योग वाणिज्य संघ खैरहनीको संयुक्त आयोजनामा खैरहनी वडा नं। २ स्थित लदरी खोला किनारमा बागमती प्रादेशिक एवम् दोस्रो खैरहनी महोत्सव हुन लागेको हो । आज बिहीबार आयोजित पत्रकार सम्मेलनमा माघ ४ गतेदेखि १५ गतेसम्म आयोजना हुने महोत्सव यस वर्ष दोस्रो संस्करणको महोत्सव हुन लागेको खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन श्रेष्ठले बताए । यसअघि विसं २०७५ मा महोत्सव आयोजना गरिएको थियो । प्रदेशको ...

अरोमा प्रकरण : यौन दुर्व्यवार गर्ने शिक्षकलाई हिसानले पढाउनै नदिने

अरोमा प्रकरण : यौन दुर्व्यवार गर्ने  शिक्षकलाई हिसानले पढाउनै नदिने
चितवन । हिसान चितवनले अरोमा कलेज प्रकरणमा आरोपित शिक्षकलाई यौन दुर्व्यवहारको मुद्दाको अन्तिम निरुपण नहुदासम्म हिसान अन्तर्गतका कुनैपनि शिक्षण संस्थामा अध्यापन गर्न नदिने निर्णय गरेको छ । अरोमा कलेजमा कम्प्युटर प्रशिक्षकका रुपमा कार्यरत रामकृष्ण सुवेदी विरुद्ध छात्राहरुमाथि यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको छ । आरोपित शिक्षकलाई कारबाहीको माग गर्दै मंगलबार कलेजमा विद्यार्थीहरु आन्दोलन गरेका थिए । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपा...

एमाले संसदीय दलको नेतामा ओली निर्विरोध चयन

एमाले संसदीय दलको नेतामा ओली निर्विरोध चयन
काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली निर्विरोध चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई निर्विरोध दलको नेता चयन गरेको सांसद ठाकुर गैरेले बताए । उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओली दलको नेता चयन भएका हुन् । दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने अर्को बैठकबाट चयन हुने अध्यक्ष ओलीले सांसदहरुलाई जानकारी दिएका छन् ।

चितवनकाे अरोमा कलेजमा शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुर्व्यवहारको आरोप

चितवनकाे अरोमा कलेजमा शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुर्व्यवहारको आरोप
चितवन । चितवनको अरोमा कलेजमा शिक्षकले विद्यार्थीमाथी यौन दुर्व्यवहार  गरेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेपछि तनाव उत्पन्न भएको छ ।कलेजका कक्षा ११ र १२ का छात्राहरुमाथि यौन दुव्र्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले प्रर्दशन गरेपछि कलेज परिसरमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । विद्यार्थीहरुले कलेज परिसरमा रहेका पम्प्लेटहरु तोडफोड गर्नुका साथै तत्काल दोषिलाई पक्राउ गरि कारबाहीको माग गरेका छन् । कलेज प्रशासनले भने गत शुक्रबारदेखि आरोपित...