×

चितवन सेरोफेरो

मनकामना ग्रुपको २८ औं वार्षिकोत्सवमा ५६ जनाले गरे रक्तदान

मनकामना ग्रुपको २८ औं वार्षिकोत्सवमा ५६ जनाले गरे रक्तदान
भरतपुर।  मनकामना ग्रुपको २८ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमसम्पन्न भएको छ । विहीबार भरतपुर स्थित आफ्नै कार्यालय परिसरमा आयोजित कार्यक्रममा पुरुष ४९ र महिला ७ गरी ५६ जनाले रक्तदान गरेका हुन् ।कम्पनिले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रहेर नेपाल रेड्क्रस सोसाइटी संगको सहकार्यमा कार्यक्रमको आयोजना गरेको हो । मनकामना ग्रुप अफ कम्पनि द्वारा आठ भन्दा बढि कम्पनिहरु संञ्चालित रहेका छन् । ग्रुप अन्तरर्गत रहेका बिभिन्न कम्पनिका कर्मचारीहरुले रक्तदान गरेका थिए...

माघ ४ गतेदेखि १५ गतेसम्म चितवनमा खैरहनी महाेत्सव हुने

माघ ४ गतेदेखि १५ गतेसम्म चितवनमा खैरहनी महाेत्सव हुने
चितवन  । खैरहनी महोत्सव यो वर्ष आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ बागमती र उद्योग वाणिज्य संघ खैरहनीको संयुक्त आयोजनामा खैरहनी वडा नं। २ स्थित लदरी खोला किनारमा बागमती प्रादेशिक एवम् दोस्रो खैरहनी महोत्सव हुन लागेको हो । आज बिहीबार आयोजित पत्रकार सम्मेलनमा माघ ४ गतेदेखि १५ गतेसम्म आयोजना हुने महोत्सव यस वर्ष दोस्रो संस्करणको महोत्सव हुन लागेको खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन श्रेष्ठले बताए । यसअघि विसं २०७५ मा महोत्सव आयोजना गरिएको थियो । प्रदेशको ...

अरोमा प्रकरण : यौन दुर्व्यवार गर्ने शिक्षकलाई हिसानले पढाउनै नदिने

अरोमा प्रकरण : यौन दुर्व्यवार गर्ने  शिक्षकलाई हिसानले पढाउनै नदिने
चितवन । हिसान चितवनले अरोमा कलेज प्रकरणमा आरोपित शिक्षकलाई यौन दुर्व्यवहारको मुद्दाको अन्तिम निरुपण नहुदासम्म हिसान अन्तर्गतका कुनैपनि शिक्षण संस्थामा अध्यापन गर्न नदिने निर्णय गरेको छ । अरोमा कलेजमा कम्प्युटर प्रशिक्षकका रुपमा कार्यरत रामकृष्ण सुवेदी विरुद्ध छात्राहरुमाथि यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको छ । आरोपित शिक्षकलाई कारबाहीको माग गर्दै मंगलबार कलेजमा विद्यार्थीहरु आन्दोलन गरेका थिए । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपा...

एमाले संसदीय दलको नेतामा ओली निर्विरोध चयन

एमाले संसदीय दलको नेतामा ओली निर्विरोध चयन
काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली निर्विरोध चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई निर्विरोध दलको नेता चयन गरेको सांसद ठाकुर गैरेले बताए । उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओली दलको नेता चयन भएका हुन् । दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने अर्को बैठकबाट चयन हुने अध्यक्ष ओलीले सांसदहरुलाई जानकारी दिएका छन् ।

चितवनकाे अरोमा कलेजमा शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुर्व्यवहारको आरोप

चितवनकाे अरोमा कलेजमा शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुर्व्यवहारको आरोप
चितवन । चितवनको अरोमा कलेजमा शिक्षकले विद्यार्थीमाथी यौन दुर्व्यवहार  गरेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेपछि तनाव उत्पन्न भएको छ ।कलेजका कक्षा ११ र १२ का छात्राहरुमाथि यौन दुव्र्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले प्रर्दशन गरेपछि कलेज परिसरमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । विद्यार्थीहरुले कलेज परिसरमा रहेका पम्प्लेटहरु तोडफोड गर्नुका साथै तत्काल दोषिलाई पक्राउ गरि कारबाहीको माग गरेका छन् । कलेज प्रशासनले भने गत शुक्रबारदेखि आरोपित...

आजदेखि नारायणगढ–मुग्लिङ सडक दैनिक चार घण्टा बन्द हुने

आजदेखि नारायणगढ–मुग्लिङ सडक दैनिक चार घण्टा बन्द हुने
चितवन । नेपालकै मुख्य राजमार्गको रुपमा रहेको नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ । विहान ११ बजे देखि ३ बजे सम्म नारायणगढ–मुग्लिङ सडक बन्द हुने भएको हो ।उक्त सडकको पुल निर्माणको लागि पहाड काट्नु पर्ने भएको कारण आज (पुस ५ गते) देखि १ महिना सडक बन्द हुने नारायणगढ मुग्लिङ सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यले बताउनु भयो । नारायणगढ–मुग्लिङ सडकको मुग्लिङबाट नारायणगढ तर्फको २ नम्बर र ३ नम्बर पुनर्निर्माणको लागि ठुलो पहाड काट्नको लागि दैनिक ४ घण्टा सडक बन्द ...

रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने सर्वसम्मत चयन

रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने सर्वसम्मत चयन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) ले संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछानेलाई चयन गरेको छ ।आज बसेको बैठकले लामिछानेलाई सर्वसम्मत दलको नेता चयन गरेको प्रवक्ता डा। मुकुल ढकालले जानकारी दिए । दलको उपनेता, प्रमुख सचेतक र सचेतक चयन हुन भने बाँकी रहेको छ । ती पदहरुमा नेता चयन गर्न आजै बैठक बस्ने एक नेताले बताए ।सो पार्टीले प्रत्यक्ष ७ र समानुपातिकतर्फ १३ गरी १९ सिट जितेको छ ।

चितवनका फेन्सी व्यवसायीलाई लाग्यो चुनाव, प्यानल बनाएरै चुनावी मैदानमा

चितवनका फेन्सी व्यवसायीलाई लाग्यो चुनाव, प्यानल बनाएरै चुनावी मैदानमा
चितवन ।  फेन्सी व्यवसायी संघ नारायणगढको साधारणसभा एवं अधिवेशनको मिति नजिकिएसँगै व्यवसायीहरु मतदाता भेटघाटमा व्यस्त हुन थालेका छन् । उद्योग वाणिज्य संघ चितवनको वस्तुगत संघतर्फको शक्तिशाली संस्थाको रुपमा रहेको फेन्सी व्यवसायी संघ नारायणगढको साधारणसभा एवं अधिवेशन पुस ११ गते हुँदैछ । संघमा संस्थापन समूह र संस्थापन इतर समूहबाट चुनावी मैदानमा प्यानल नै निर्माण गरेर लागेका छन् । संस्थापनतर्फबाट यमप्रसाद घिमिरे अध्यक्षको प्रतिस्पर्धामा छन् भने संस्थापन इतरबाट शंकरप्रसाद घिमिरे अध्यक्...

चौधौँ संस्करणको चितवन महोत्सवको तयारी तीव्र

चौधौँ संस्करणको चितवन महोत्सवको तयारी तीव्र
चितवन । चितवनको गौरव र गरिमामय प्रस्तुतीको रुपमा आयोजना हुँदै आइरहेको चितवन महोत्सवको १४औँ संस्करणको तयारी तीव्र पारिएको छ ।उद्योग वाणिज्य संघ चितवनको आयोजनामा हरेक दुई वर्षमा हुँदै आइरहेको यही पुस २५ देखि माघ ४ गतेसम्म नारायणगढको नारायणी नदीकिनारमा हुँदैछ । महोत्सवका मूल संयोजक एवं उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले महोत्सवलाई सफल पार्न विभिन्न ३० वटा कार्यगत समिति निर्माण गरिएको बताउनुभयो । महोत्सव स्थलमा अहिले जमिन सम्याउने, पानी छर्कने तथा स्टल निर्माण...