चितवन । चितवनको अरोमा कलेजमा शिक्षकले विद्यार्थीमाथी यौन दुर्व्यवहार  गरेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेपछि तनाव उत्पन्न भएको छ ।कलेजका कक्षा ११ र १२ का छात्राहरुमाथि यौन दुव्र्यवहार गर्ने शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले प्रर्दशन गरेपछि कलेज परिसरमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

विद्यार्थीहरुले कलेज परिसरमा रहेका पम्प्लेटहरु तोडफोड गर्नुका साथै तत्काल दोषिलाई पक्राउ गरि कारबाहीको माग गरेका छन् ।
कलेज प्रशासनले भने गत शुक्रबारदेखि आरोपित शिक्षकलाई निलम्बन गरि सकिएको जनाएको छ ।कलेजका प्रार्चाय शेर बहादुर क्षेत्रीले ति शिक्षकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरीको जिम्मा लगाइ सकिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया