
भरतपुर। मनकामना ग्रुपको २८ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमसम्पन्न भएको छ । विहीबार भरतपुर स्थित आफ्नै कार्यालय परिसरमा आयोजित कार्यक्रममा पुरुष ४९ र महिला ७ गरी ५६ जनाले रक्तदान गरेका हुन् ।कम्पनिले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रहेर नेपाल रेड्क्रस सोसाइटी संगको सहकार्यमा कार्यक्रमको आयोजना गरेको हो ।
मनकामना ग्रुप अफ कम्पनि द्वारा आठ भन्दा बढि कम्पनिहरु संञ्चालित रहेका छन् । ग्रुप अन्तरर्गत रहेका बिभिन्न कम्पनिका कर्मचारीहरुले रक्तदान गरेका थिए । उत्त कार्यक्रममा बोल्दै ग्रुपका अध्यक्ष लक्ष्मण अर्यालले सामाजिक उत्तरदायित्व ब्यबसाय संगै जोडिने हुँदा जिल्लामा देखिएको रगत अभाबलाई कम गर्न सहयोग पुग्ने भएकै कारण कम्पनिले हरेक बर्ष कार्यक्रम आयोजना गर्दैै आएको बताउनुभयो ।
मनकामना ग्रुपले २०५१ सालमा पहिलो उद्योगको रुपमा जस्मिन पेन्ट्स स्थापनाःगरेको थियो । ग्रुप अन्तर्गतका बिभिन्न उद्योगमा चार सय जनाले रोजगार पाएका छन् । मनकामना ग्रुपबाट हाल जस्मिन पेन्ट्स, जगदम्बा प्लास्टिक, टाटा मेटल एण्ड क्राफ्ट, एभोकाडो ईन्टरनेशनल ,बिटुमिन सप्लायर्स , दरबार फूड्स लगायतका उद्योगहरु रहेका छन् ।