×

चितवन सेरोफेरो

आजदेखि नारायणगढ–मुग्लिङ सडक दैनिक चार घण्टा बन्द हुने

आजदेखि नारायणगढ–मुग्लिङ सडक दैनिक चार घण्टा बन्द हुने
चितवन । नेपालकै मुख्य राजमार्गको रुपमा रहेको नारायणगढ–मुग्लिङ सडक आजदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ । विहान ११ बजे देखि ३ बजे सम्म नारायणगढ–मुग्लिङ सडक बन्द हुने भएको हो ।उक्त सडकको पुल निर्माणको लागि पहाड काट्नु पर्ने भएको कारण आज (पुस ५ गते) देखि १ महिना सडक बन्द हुने नारायणगढ मुग्लिङ सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यले बताउनु भयो । नारायणगढ–मुग्लिङ सडकको मुग्लिङबाट नारायणगढ तर्फको २ नम्बर र ३ नम्बर पुनर्निर्माणको लागि ठुलो पहाड काट्नको लागि दैनिक ४ घण्टा सडक बन्द ...

रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने सर्वसम्मत चयन

रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने सर्वसम्मत चयन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) ले संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछानेलाई चयन गरेको छ ।आज बसेको बैठकले लामिछानेलाई सर्वसम्मत दलको नेता चयन गरेको प्रवक्ता डा। मुकुल ढकालले जानकारी दिए । दलको उपनेता, प्रमुख सचेतक र सचेतक चयन हुन भने बाँकी रहेको छ । ती पदहरुमा नेता चयन गर्न आजै बैठक बस्ने एक नेताले बताए ।सो पार्टीले प्रत्यक्ष ७ र समानुपातिकतर्फ १३ गरी १९ सिट जितेको छ ।

चितवनका फेन्सी व्यवसायीलाई लाग्यो चुनाव, प्यानल बनाएरै चुनावी मैदानमा

चितवनका फेन्सी व्यवसायीलाई लाग्यो चुनाव, प्यानल बनाएरै चुनावी मैदानमा
चितवन ।  फेन्सी व्यवसायी संघ नारायणगढको साधारणसभा एवं अधिवेशनको मिति नजिकिएसँगै व्यवसायीहरु मतदाता भेटघाटमा व्यस्त हुन थालेका छन् । उद्योग वाणिज्य संघ चितवनको वस्तुगत संघतर्फको शक्तिशाली संस्थाको रुपमा रहेको फेन्सी व्यवसायी संघ नारायणगढको साधारणसभा एवं अधिवेशन पुस ११ गते हुँदैछ । संघमा संस्थापन समूह र संस्थापन इतर समूहबाट चुनावी मैदानमा प्यानल नै निर्माण गरेर लागेका छन् । संस्थापनतर्फबाट यमप्रसाद घिमिरे अध्यक्षको प्रतिस्पर्धामा छन् भने संस्थापन इतरबाट शंकरप्रसाद घिमिरे अध्यक्...

चौधौँ संस्करणको चितवन महोत्सवको तयारी तीव्र

चौधौँ संस्करणको चितवन महोत्सवको तयारी तीव्र
चितवन । चितवनको गौरव र गरिमामय प्रस्तुतीको रुपमा आयोजना हुँदै आइरहेको चितवन महोत्सवको १४औँ संस्करणको तयारी तीव्र पारिएको छ ।उद्योग वाणिज्य संघ चितवनको आयोजनामा हरेक दुई वर्षमा हुँदै आइरहेको यही पुस २५ देखि माघ ४ गतेसम्म नारायणगढको नारायणी नदीकिनारमा हुँदैछ । महोत्सवका मूल संयोजक एवं उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले महोत्सवलाई सफल पार्न विभिन्न ३० वटा कार्यगत समिति निर्माण गरिएको बताउनुभयो । महोत्सव स्थलमा अहिले जमिन सम्याउने, पानी छर्कने तथा स्टल निर्माण...

जंगली हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु
चितवन । चितवनको भरतपुर महानगरपालिका २८ मा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।गएराति आँगनमा आगो तापिरहेकी ७० वर्षीया भागीरथी सुवेदीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी सुवेदीको भरतपुर अस्पतालमा उपचारको क्रममा गएराति साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । उनको शव भरतपुर अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।

चितवन जिल्लामा महोत्सवै महोत्सव :आर्थिक चलायमान हुने अपेक्षा

चितवन जिल्लामा महोत्सवै महोत्सव :आर्थिक चलायमान हुने अपेक्षा
चितवन । जिल्लामा एकै समयमा तीन ओटा महोत्सव हुने भएका छन् । चितवन महोत्सव, खिचरा महोत्सव र खैरहनी महोत्सव एउटै समय पारेर गर्न लागिएको हो ।उद्योग वाणिज्य सङ्घ चितवनले प्रत्येक दुई र दुई वर्षमा आयोजना गर्ने चितवन महोत्सव यस वर्ष नारायणगढको नारायणी नदी किनारमा पुस २५ गतेबाट माघ ४ गतेसम्म नौ दिन हुनेछ ।यस्तै थारु समुदायको कला संस्कृति जगेर्ना गर्न प्रत्येक वर्ष गरिंदै आएको खिचरा महोत्सव थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ ले पुस २९ गतेबाट माघ ९ गतेसम्म हुनेछ । खैरहनी नगरपालिका–५ जन...

लिटिल फ्लावर स्कुल स्थापनाको २८ बर्ष पुरा

लिटिल फ्लावर स्कुल स्थापनाको २८ बर्ष पुरा
चितवन । लिटिल फ्लावर स्कुल नारायणगढले विभिन्न कार्यक्रम गरी आफ्नो बार्षिकोत्सव मनाएको छ । स्कुलले स्थापनाको २८ बर्ष पुरा गरेको अवसरमा मंसिर २९ र पुष १ गते सांस्कृतिक तथा रचनात्मक कार्यक्रम गरी बार्षिकोत्सव मनाएको हो । विगतका बर्ष जस्तै बार्षिकोत्सवलाई निरन्तरता दिंँदै केही फरक किसिमले कार्यक्रम गरिएको स्कुलले जानकारी दिएको छ । बार्षिकोत्सवमा विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराई विद्यार्थी, शिक्षक तथा अभिभावक बीच सद्भाव एवं भाईचाराको सम्बन्ध एवं स्कुलका विषयमा...

सरकार गठनको तयारीमा राष्ट्रपति, बहुमत पुर्‍याउने दलको सरकार बन्ने

सरकार गठनको तयारीमा राष्ट्रपति, बहुमत पुर्‍याउने दलको सरकार बन्ने
काठमाडौं–राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई बहुमत लिएर आउन आह्वान गर्ने तयारी गरेकी छन् । बहुमत पुर्‍याउन दलहरुले आन्तरिक र बहुपक्षीय छलफल गरिरहेका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभामा निर्वाचित सदस्यहरूको विवरण पेश गरेपछि राष्ट्रपति भण्डारी परामर्शमा छिन्। आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेको हो। ‘निर्वाचन आयोगले बिहीबार प्रतिनिधिसभाको विवरण बुझाएपछि राष...

चितवन गार्डेन रिर्सोटलाई ३ लाख जरीवाना गर्न सिफारिस

चितवन गार्डेन रिर्सोटलाई ३ लाख जरीवाना गर्न सिफारिस
चितवन । चितवन गार्डेन रिर्सोटलाई ३ लाख रुपैयाँ जरीवाना गर्न जिल्ला बजार अनुगमन समितिले सिफारिस गरेको छ । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा नेतृत्वको अनुगमन समितिले सो रिसोर्टलाई ३ लाख जरीवाना गर्न सिफारिस गरेको हो । समितिले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६९२० अनुसार अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरी गुणस्तरहीन खाद्यवस्तु उत्पादन गरी सेवा प्रवाह गरेको सोही ऐनको दफा ३९ को १ (ख) अनुसार अधिकत्तम ३ लाख जरीवाना तिराउन प्रमुख जिल्ला अधिकारी (प्रज...