चितवन । लिटिल फ्लावर स्कुल नारायणगढले विभिन्न कार्यक्रम गरी आफ्नो बार्षिकोत्सव मनाएको छ । स्कुलले स्थापनाको २८ बर्ष पुरा गरेको अवसरमा मंसिर २९ र पुष १ गते सांस्कृतिक तथा रचनात्मक कार्यक्रम गरी बार्षिकोत्सव मनाएको हो । विगतका बर्ष जस्तै बार्षिकोत्सवलाई निरन्तरता दिंँदै केही फरक किसिमले कार्यक्रम गरिएको स्कुलले जानकारी दिएको छ ।

बार्षिकोत्सवमा विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराई विद्यार्थी, शिक्षक तथा अभिभावक बीच सद्भाव एवं भाईचाराको सम्बन्ध एवं स्कुलका विषयमा थप जानकारी हुने स्कुलका जनसम्पर्क अधिकृत गोविन्द पौडेलले जानकारी दिनुभयो । ‘यो हाम्रो नियमित कार्यक्रमको साथसाथै यसले विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई अतिरिक्त क्रियाकलाप एवं आफ्नो क्षमता बृद्धि गर्न पनि मदत पुरयाउंँछ, पौडेलले भन्नुभयो , अर्कोकुरा अभिभावक ,शिक्षक र विद्यार्थीबीचको सम्बन्धलाई पनि प्रगाढ बनाउंँछ ।’ दुईदिनसम्म चलेको कार्यक्रममा पहिलो दिन ४ सम्मका विद्यार्थीका अभिभावकलाई निमन्त्रणा गरिएको थियो भने दोस्रो दिन ५ कक्षा देखि माथिका कक्षाका अभिभावक सहभागी हुनु भएको थियो ।

कार्यक्रममा विद्यार्थीद्धारा आधुनिक तथा विभिन्न जातजातिका भेषभुषा सहितका नृत्य तथा प्रस्तुती दिईएको थियो । साथै विभिन्न रचनात्मक, सिर्जनात्मक प्रस्तुतीलाई समेत समावेश गरिएको थियो । सो अवसरमा पछिल्लो समय विद्यार्थीमा इन्टरनेट र ग्याजेटको दुरुपयोगबाट निम्तिने खतरा र यसमा अभिभावकले गर्नुपर्ने दायित्व र भुमिका बारे सचेतना दिईएको थियो ।

कार्यक्रमको पहिलो दिन प्रमुख अतिथि लिटिल फ्लावर स्कुलका गोरखपुर प्रान्तका प्रमुख फादर सबु र दोस्रो दिन भरतपुर महानगरपालिका शिक्षा महाशाखा अधिकृत ऋषिराम शर्मा रहनु भएको थियो ।विशिष्ठ अतिथिमा चुननारायण श्रेष्ठ, र भरतपुर महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष विकास थापा रहनु भएको थियो । कार्यक्रमको अध्यक्षता स्कुलका संस्थापक सदस्य समाजसेवी प्रेमकुमार श्रेष्ठले गर्नु भएको थियो ।
प्रमुख अतिथि फादर सबुले स्कुलले झण्डै तीन दशकको अवधिमा उल्लेखनीय प्रगति गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । उहांँले स्कुलको गुणस्तरीय शिक्षामा बृद्धि गर्न आफूले जुनसुकै सहयोग गर्न तयार रहेको बताउनु भयो ।

अर्का प्रमुख अतिथि भरतपुर महानगर शैक्षिक महाशाखा अधिकृत शर्माले अबको शिक्षा प्रविधिमैत्री, सूचना मैत्री हुनु पर्नेमा जोड दिनुभयो । सूचना प्रविधिको विकास संँगै शिक्षा र सिकाईलाई परिमार्जित गर्दै रोजगारी मुलक बनाउनु पर्ने उहांँले बताउनु भयो । भरतपुर महानगरपालिकाका विद्यालयहरुको शिक्षाको गुणस्तर बृद्धि गर्नेमा आफूले सक्दो सहयोग गर्ने उहांँको भनाई थियो ।

कार्यक्रमका अध्यक्ष प्रेमकुमार श्रेष्ठले विगत २८ बर्ष अघि स्थापना भएको यो स्कुलले पूर्वाधार र शिक्षाका गुणस्तरीय ठूलो फड्को मारेको बताउनु भयो । उहांँ लिटिल फ्लावर स्कुल चितवनकै नमुना स्कुल भएको बताउंँदै यस स्कुलप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढेको बताउनु भयो । आफूले संरक्षण र सहयोग गर्दै आएको भन्दै स्कुलको प्रगति प्रति आफूलाई गर्व महसुस भएको उहांँको भनाई थियो ।
विशेष अतिथि चुननारायण श्रेष्ठले शिक्षा विना देशका कुनैपनि क्षेत्रको विस्तार र विकास नहुने भन्दै गुणस्तरीय शिक्षालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । कोरोनाको समयमा पनि स्कुलले आफ्नो दायित्व र धर्मलाई नबिर्सी नियमित कक्षा सञ्चालनको साथै राहतका कार्यक्रमलाई समेत सगैं लगी संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरेको उहांँले बताउनु भयो ।

वडा अध्यक्ष थापाले आफ्नो वडामा चितवनकै ठूलो र गुणस्तरीय स्कुल स्थापना भएकोमा खुशी व्यक्त गर्नुभयो । उहांँले शिक्षाको गुणस्तरमा थप वृद्धि गर्दै सबै वर्ग, क्षेत्रका विद्यार्थीहरुले पनि अध्ययन अध्यापनका लागि स्कुलले प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।स्कुलका प्रिन्सिपल फादर रोवी क्युले विद्यालयले विगतका बर्षहरुमा पनि यस्तै रचनात्मक र सिर्जनात्मक कार्यक्रम गरी बार्षिकोत्सव मनाउंँदै आएको जानकारी दिनुभयो ।

स्कुलले अतिरिक्त क्रियाकलाप र समाजसेवालाई समेत प्राथमिकतामा राखी अन्तरस्कुल नृत्य प्रतियोगिता , विभिन्न खेल तथा विज्ञान प्रतियोगिता गर्दै आएको जानकारी दिनुभयो । सबैको साथ र सहयोगले स्कुल यो अवस्थामा आउन सफल भएको उहांँको भनाई थियो ।
स्कुलका भाईस प्रिन्सिपल फादर मम्जुसले बार्षिकोत्सव सफल बनाउन मदत गर्ने विद्यार्थी, शिक्षक ,कर्मचारी, अभिभावक तथा अन्य सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । स्कुलमा हाल दश दुई जोड समेत गरी २हजार ४सय बढी विद्यार्थी अध्ययनरत छन ।

तपाईको प्रतिक्रिया