चितवन ।  फेन्सी व्यवसायी संघ नारायणगढको साधारणसभा एवं अधिवेशनको मिति नजिकिएसँगै व्यवसायीहरु मतदाता भेटघाटमा व्यस्त हुन थालेका छन् । उद्योग वाणिज्य संघ चितवनको वस्तुगत संघतर्फको शक्तिशाली संस्थाको रुपमा रहेको फेन्सी व्यवसायी संघ नारायणगढको साधारणसभा एवं अधिवेशन पुस ११ गते हुँदैछ । संघमा संस्थापन समूह र संस्थापन इतर समूहबाट चुनावी मैदानमा प्यानल नै निर्माण गरेर लागेका छन् । संस्थापनतर्फबाट यमप्रसाद घिमिरे अध्यक्षको प्रतिस्पर्धामा छन् भने संस्थापन इतरबाट शंकरप्रसाद घिमिरे अध्यक्षको प्रतिस्पर्धामा छन् ।

संस्थापन इतर समूहबाट अध्यक्षमा उम्मेदवारी घोषणा गरेका शंकरप्रसाद घिमिरे आफ्नो प्यानलसहित व्यवसायीहरुसँगको भेटघाटमा व्यस्त छन् । पुस ११ गते उद्योग वाणिज्य संघमा हुने अधिवेशनमा आफ्नो टिमलाई अत्यधिक मतले विजयी गराउन भन्दै उनी व्यवसायी भेटघाटमा लागेका हुन् । व्यवसायीहरुको हकहितमा लामो समयदेखि पैरवी गर्दै आएका तथा सामाजिक कार्यमा समेत सक्रिय रहेका शंकर आफूले जितेमा व्यवसायीहरुको हकहितका लागि थप काम गर्न सक्ने बताउँछन् ।

फेन्सी व्यवसायी संघका मतदाताहरुसँगको भेटघाटका क्रममा उनीहरुबाट सकारात्मक प्रतिक्रिया पाएको शंकर प्रसाद घिमिरे बताउँछन् । उनको टिमको बरिष्ठ उपाध्यक्षमा पाण्डव ढकाल, उपाध्यक्षमा मिना बस्याल, सचिवमा टंकप्रसाद सापकोटा तथा कोषाध्यक्षमा रमेश गुप्ता रहेका छन् । त्यस्तै सदस्यहरुमा पन्चकुमार सापकोटा, सुरत मौलाना, विपिन अर्याल, विपिन रिजाल, पवित्रा पौडेल, मिनकुमार श्रेष्ठ, अमृत गैरे, दिपक पोखरेल, सन्तोष पोखरेल, दिनुराम सापकोटा, गोकुलमान श्रेष्ठ, संगीता उपाध्याय र राजु ज्ञवाली रहेका छन् ।

तपाईको प्रतिक्रिया