एभरेष्ट बियर उत्पादन गर्ने भरतपुरको माउन्ट एभरेष्ट ब्रुअरी लिलामीमा
चितवन । एभरेष्ट बियर उत्पादन गर्ने भरतपुरको माउन्ट एभरेष्ट ब्रुअरी लिलाम हुने भएको छ । बैंकले दिएको विकल्प नमानेपछि चार वटा बाणिज्य बैंकहरुले ब्रुअरीलाई लिलामीमा राखेका हुन् ।
ब्रुअरीलाई २०७२ सालअघि पनि ऋण तिर्न नसकेर बैंकहरुले पुनर्संरचना गरिदिएका थिए। पुनर्संरचनापछि पनि कम्पनीले ऋण तिर्न छाडेको र ऋण तिर्ने अर्को विकल्पसमेत नमानेपछि सहवित्तीयकरणमा ऋण लगेको कम्पनी लिलामीमा चढेको हो। माउण्ट एभरेष्ट ब्रुअरीको प्रमुख सञ्चालक दमनबहादुर अमात्य हुन्। उनले कम्पनीका लागि नेपाल बैं...


