चितवनमा बुधवारदेखि ‘कृषि यान्त्रीकरण प्रदर्शनी’
चितवन – ‘पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ चैत ९ गते बुधवारदेखि चितवनमा हुँदैछ । नेपाल नेपाल कृषि मेसिनेरी व्यवसायी संघको आयोजनामा १२ गतेसम्म प्रदर्शनी हुनेछ । संघले दोस्रो पटक चितवनमा यान्त्रीकरण प्रदर्शनी आयोजना गरेको हो । यस अघि २०७६ सालमा चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी पनि चितवनमा नै आयोजना भएको थियो ।
नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, आधुनिकीकरण, व्यवसायीकरण, तथा औद्योगिकरण गर्न प्रदर्शनी आयोजना गरिएको संघका अध्यक्ष खोजराज कटुवालले ...


