राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँड आज
काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाँडफाँड गरिने भएको छ।धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडले राष्ट्र उत्थान लघुवित्तको आईपीओ आज दिउँसो ३ बजे बाँडफाँड गर्ने कार्यक्रम राखेको छ। आईपीओ बाँडफाँड कार्यक्रम एनआईबिएल एस क्यापिटलको काठमाण्डौको लाजिम्पाटस्थित कार्यालयमा राखिएको छ। क्यापिटलका अनुसार बुधबार यो आईपीओको प्रिअलटमेन्टको काम सकिएको थियो।
राष्ट्र उत्थान लघुवित्तले गत फागुन ४ गतेदेखि फागुन ८ गतेसम्म जारी पुँजी २६ करोड र...


