कास्की । डेभलपमेन्ट बैंकर्स एसोसिएसनको गण्डकी प्रदेश च्याप्टर गठन भएको छ । आइतबार भएको भेलाले गण्डकी प्रदेश विकास बैंक फोरमको गठन गरेको हाे ।  भेलाले गरिमा विकास बैंकका पोखरा क्लस्टर प्रमुख भोला प्रसाद तिवारी संयोजक र ग्रीन डेभलपमेण्ट बैंक लि.का सुशील पौडेललाई सहसंयोजक चयन गरेको छ ।

प्रदेश विकास बैंक फोरमको सदस्यमा ज्योती विकास बैंकका विशाल लामिछाने, कामना सेवा विकास वैंकका शिव कुमार ढकाल, लुम्विनी विकास बैंकका बलबहादुर ढकाल, महालक्ष्मी विकास बैंकका गणेश प्रसाद आचार्य, मुक्तिनाथ विकास बैंकका शंकर के।सी, साँग्रीला डेभलपमेण्ट बैंकका रेवन्त श्रेष्ठ र साइन रेशुङ्गा डेभलपमेण्ट बैंकका नमराज बराल रहनुभएकाे छ ।

भेलामा बोल्दै प्रमुख अतिथि डेभलपमेन्ट बैंकर्स एसोसियसनका कार्यसमिति सदस्य तथा ग्रीन डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले विकास बैंकहरुको साझा व्यावसायिक समस्या समाधान गर्न तथा समन्वय गर्न प्रदेश च्याप्टर सफल हुने विश्वास व्यक्त गर्नुभयाे । आफ्ना प्रदेशभित्र भएका र गर्नुपर्ने विभिन्न गतिविधिहरुलाई संस्थागत रुपमा डेभलपमेण्ट बैकर्स एसोसियसनमा पठाउने, सम्वन्धित कार्यालयहरुमा समन्वय गर्नको लागि केन्द्रीयस्तरमा विभिन्न विभागहरुका विभागीय उपसमिति गठन गरिएको उहाँले जानकारी  दिनुभयाे ।

भेलामा बोल्दै नवनिर्वाचित संयोजक भोलाप्रसाद तिवारीले गण्डकी प्रदेश भित्र रहेका सम्पूर्ण विकास बैंकका समस्या तथा चुनौतीलाई संस्थागत रुपमा सम्वोधन गर्न नेपाल राष्ट्र बैंक, डेभलपमेण्ट बैंकर्स एसोसिएसन तथा अन्य निकायहरुमा समन्वय गरिने बताए ।

तपाईको प्रतिक्रिया