काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १०० दशमलव ६७ अर्थात् ३ दशमलव ५९ प्रतिशत घटेको छ ।नेप्से परिसूचक २ हजार ७०० दशमलव ८९ विन्दुमा झरेको हो । यस अवधिमा कारोबारमा आएका २२७ धितोपत्रको १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता शेयरको ८१ हजार ८३७ पटकमा रू। ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३० दशमलव ६४ बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका २२७ ओटा धितोपत्र मध्ये पाँच ओटा धितोपत्रको मूल्य बढेको छ भने बाँकी सबै धितोपत्रको मूल्य घटेको हो । कारोबारमा आएका २२७ ओटा धितोपत्र मध्ये सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावरको शेयरमूल्य घटेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव ३७ प्रतिशत घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू। ६४६ मा झरेको हो ।

त्यसैगरी, दास्रोमा नारायणी डेभलपमेण्ट बैंकको शेयरमूल्य ८ दशमलव २६ प्रतिशत घटेर प्रतिकित्ता रू। ५०० कायम भएको छ ।

यस्तै, सर्वाधिक शेयर खरीदविक्री अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको भएको छ । कम्पनीको रू। ३२ करोड ४ लाख बराबरको शेयर खरीदविक्री भएको छ । दोस्रोमा अरुण भ्याली हाइड्रोपावरको रू। २ करोड ३९ लाख ४५ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका १३ ओटै समूहकै परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो । आइतवार सबैभन्दा बढी हाइड्रोपावर समूहका लगानीकर्ताले गुमाएका छन् । यस समूहको परिसूचक सबैभन्दा बढी ५ दशमलव ४७ प्रतिशत घटेसँगै सर्वाधिक गुमाएका हुन् ।

समूहगत परिसूचक घट्नेमा बैंकिङ समूहको परिसूचक २ दशमलव ३९ प्रतिशत, व्यापार समूहको २ दशमलव २६ प्रतिशत, होटल एण्ड टुरिजम समूहको ३ दशमलव ४९ प्रतिशत, विकास बैंक समूहको ४ दशमलव २३ प्रतिशत, वित्त समूहको ४ दशमलव ६५ प्रतिशत, निर्जीवन बीमा समूहको ४ दशमलव २७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ४ दशमलव ६१ प्रतिशत, अन्य समूहको ३ दशमलव १७ प्रतिशत, लघुवित्त समूहको ३ दशमलव ४९ प्रतिशत, जीवन बीमा समूहको ३ दशमलव ९१ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशमलव ९५ प्रतिशत र लगनी समूहको परिसूचक ५ दशमलव शून्य ३ प्रतिशत घटेको छ ।

 

तपाईको प्रतिक्रिया