चितवन ।ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चितवन शाखाको आयोजनामा शनिबार बीमा सचेतना कार्यक्रम सप्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २१ को पार्बतीपुरमा सम्पन्न कार्यक्रममा ९० भन्दा बढी सर्बसाधारणको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कम्पनिका चितवन हेटौडा नवलपुर क्षेत्रका एरिया सेल्स म्यानेजर इश्वर बिकल सापकोटाले सहाभागीहरुलाइ जीवन बीमाको आवश्यकता र महत्वका साथै बीमा सम्बन्धी प्रचलित कानुनी ब्यबस्था लगाएतका बारे प्रकाश पार्नुभएको थियो । साथै उहाँले ज्योति लाइफ इन्स्योरेन्स कम्पनिका बिमा योजनाहरु बारे समेत सहभागीहरुको जिज्ञासा मेटाउनु भएको थियो ।
सो अवसरमा गत फागुन महिना शाखामा सर्बोत्कृष्ट बिजिनेश गरे बापत एजेन्सी म्यानेजर मिलान तामाङ्ग लाई सम्मानित समेत गरिएको थियो । कम्पनिको चितवन शाखा प्रबन्धक मुकुन्द भुसाल र एजेन्सी म्यानेजर प्रकाश लामिछालेने कार्यक्रमलाइ सहजीकरण गरेका थिए ।



उज्यालो खबर




