सुनको मूल्यले रच्यो इतिहास- प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँ
काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य फेरि ऐतिहासिक उचाईमा पुगेको छ । सोमबारको कारोबारमा सुनको मूल्य २ हजार ४ सय रुपैयाँले बढेर किर्तीमानी उचाईमा पुगेको हो ।
आज सुनको कारोबार प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।यसअघि गत असोज २३ गते हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन सुनको भाउ प्रतितोला २ लाख ३९ हजार २ सय कायम भएको थियो ।
आइतबार भने सुनको कारोबार प्रतितोला २ लाख ३८ हजार रुपैयाँ...


