काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहलको आयोजनामा कुखुराको मासु तथा अण्डा कारोबारका क्रममा देखिएका समस्या र सुधारका अभ्यासबारे सरोकारवालासहितको बैठक सम्पन्न भएको छ।
बैठकमा पोल्ट्री क्षेत्रसँग सरोकार राख्ने संघ–संस्था, विज्ञ तथा व्यवसायीहरुको उल्लेखनीय उपस्थिति थियो। सहभागीमध्ये नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेल, संघका संरक्षक एवं नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट, नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्ट, कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक डा. रेवन्तकुमार भट्टराई, उपप्राध्यापक डा. अनन्त दाहाललगायत विज्ञहरु सहभागी थिए।
त्यस्तै, महासचिव भेषराज अर्याल, सचिव मदन चिरन्जीवि पोखरेल, कोषाध्यक्ष प्रकाश चापागाई, सल्लाहकार त्रिलोचन कडेंल, शिवाजी प्रसाद कलवार, ठाकुर प्रसाद भट्टराई, सदस्य अमोद खनाल, गोकुलनाथ पौडेल, राजु अधिकारी लगायत व्यवसायी धनेश्वर लिम्बू र पवन कटवालले पनि आफ्ना धारणा राखेका थिए।
बैठकमा बजारमा देखिएका अनियमितता नियन्त्रण, उत्पादनदेखि उपभोक्तासम्मको आपूर्ति प्रणाली पारदर्शी बनाउने, मूल्य निर्धारणमा देखिएका चुनौती समाधान गर्ने र पोल्ट्री व्यवसायलाई अझ व्यवस्थित बनाउन आवश्यक नीतिगत तथा व्यावहारिक उपायबारे गहन छलफल गरिएको विभागले जनाएको छ।



















उज्यालो खबर



