×

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहिबार स्थिर रहेको सुनको मूल्य आज तोलामा ९०० रूपैयाँ बढ्दै नयाँ रेकर्ड कायम गरेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४०० रूपैयाँ तोकिएको छ । यो मूल्य हालसम्मकै उच्च मूल्य हो ।

हिजो छापालाल सुन १ लाख ९८ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको २ हजार ३२५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ३१५ रुपैयाँ रहेको थियो ।

तपाईको प्रतिक्रिया