×

आजदेखि भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पोमा म्याक्स ब्रान्डको माइफा ७ एमपीभी विद्युतीय कार सार्वजनिक भएको छ।चर्चित चिनियाँ ग्रुप साइक मोटरको ब्रान्ड हो म्याक्स। प्रिमियम ब्रान्डमा गनिने म्याक्सले सार्वजनिक गरेको माइफा ७ को मूल्य नै १ करोड २५ लाख रुपैयाँ छ।

केही समयअघि यही ब्रान्डको इटेरन ९ फोरह्विलर ईभी नेपालको मुस्ताङमा सार्वजनिक गरिएको थियो। इटेरनको मूल्य १ करोड ९ लाख ९९ हजार रुपैयाँ छ।आज सार्वजनिक माइफा ७ सातसिटे लक्जरी एमपीभी हो। यसको आधिकारिक वितरक हिमालय मोट्रक्स रहेको छ। हिमालय अर्गनाइजेसनअन्तर्गतको यो कम्पनीले प्रिमियम कार चढ्नेको रहर माइफा ७ ले पूरा गर्ने दाबी गरेको छ।

मोबिलिटी एक्स्पोभरि माइफा ७ बुक गर्दा ग्राहकले १० लाख रुपैयाँ सस्तोमै यो गाडी पाउँछन् भने इटेरनमा पनि ५ लाख नगद छुट दिइएको अर्गनाइजेसनका प्रबन्धनिर्देशक सौरभ थापाले जानकारी दिए।

माइफा ७ मा ९० किलोवाट आवर ब्याट्री छ भने डीसी फास्ट चार्जिङ सपोर्टयुक्त छ। ३० मिनेटमै यो गाडी ३० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ। मल्टिपर्पोज भेहिकल माइफा ७ मा इलेक्ट्रिक स्लाइडिङ ढोका, एईबी, ब्लाइन्ड स्पट मनिटरिङ, ३६० डिग्री क्यामेरा, लेन कीप असिस्ट, स्वचालित इमर्जेन्सी ब्रेकिङ, एडप्टिभ क्रुज कन्ट्रोलजस्ता सुरक्षा फिचर दिइएका छन्।

यो गाडीले युरो एनक्याप, सी एनक्याप, ए एनक्यापमा फाइभस्टार रेटिङ पाएको छ। यो गाडीको ९० केडब्लुएच को उच्च क्षमताको ब्याट्रीले ६३५ किमि रेन्ज दिने कम्पनीले जनाएको छ। पिमियम डुअल १२।३ इन्च डिजिटल डिस्प्ले रहेको गाडीमा उन्नत मल्टिमिडिया सिस्टम, ठूलो साइजको प्यानोरोमिक सनरुफ, हाईपर्फमेन्स १८० केडब्लु इलेक्ट्रिक मोटर ९३५० एनएम टर्क०, मसाज सिटजस्ता विशेषता छन्।

८ वर्ष वा दुई लाख किमि ब्याट्रीमा तथा ५ वर्ष वा १ लाख किमि मोटर वारेन्टी यसमा पाइन्छ।

 

 

 

तपाईको प्रतिक्रिया