×

आर्थिक

चितवन उद्योग संघ, रत्ननगरमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा गौतम

चितवन उद्योग संघ, रत्ननगरमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा गौतम
चितवन - चितवन उद्योग संघ, रत्ननगर समितिको नेतृत्व अब सुवासचन्द्र गौतमले सम्हाल्ने भएका छन्। संघको सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। रत्ननगर नगरपालिकाका उपप्रमुख यादव प्रसाद पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशन संघका तत्कालीन अध्यक्ष उमाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। नवगठित कार्यसमितिमा उपाध्यक्षमा दीपक चापागाईं, विष्णु प्रसाद लामिछाने र माधव थपलिया चयन भएका छन्। सचिवमा शालिकराम बास्तोला, कोषाध्यक्षम...

होटल सिराइचुलीले सर्वसाधारणलाई शेयर निष्कासन गर्ने

होटल सिराइचुलीले सर्वसाधारणलाई शेयर निष्कासन गर्ने
चितवनको भरतपुरस्थित चारतारे होटल सिराइचुली लिमिटेडले सर्वसाधारणलाई प्राथमिक शेयर (IPO) निष्कासन गर्ने भएको छ। विद्यमान धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली र निर्देशनअनुसार नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त गरी कम्पनीले IPO जारी गर्न लागेको हो। कम्पनीले IPO निष्कासन तथा बिक्री व्यवस्थापनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ। भरतपुर महानगरपालिका–१० मा अवस्थित होटल सिराइचुली आधुनिक वास्तुकलाले निर्मित सुविधासम्प...

पीसीएल नर्सिङमा यसपालि प्रवेश परीक्षा नहुने, अनलाइन आवेदनबाटै छनोट प्रक्रिया

पीसीएल नर्सिङमा यसपालि प्रवेश परीक्षा नहुने, अनलाइन आवेदनबाटै छनोट प्रक्रिया
नर्सिङ क्षेत्रमा मध्यम स्तरको जनशक्ति उत्पादन गर्ने उद्देश्‍यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले सञ्चालन गरिरहेको पीसीएल नर्सिङ (स्टार्फ नर्स) का लागि यस वर्ष प्रवेश परीक्षा नहुने भएको छ। योसँगै तीन वर्षे कोर्समा भर्ना पाउनका लागि देशभरिबाट प्रवेश परीक्षाका लागि काठमाडौँ आउनुपर्ने बाध्यता पनि हटेको छ। परिषद्का सूचना अधिकारी एकराज अधिकारीले यस वर्ष प्रवेश परीक्षा नलिने र एसईईमा प्राप्त जीपीएका आधारमा विद्यार्थी छनोट गरिने जानकारी दिए।उनका अनुसार न...

गैँडाकोटका सुनचाँदी व्यवसायी आन्दोलित, व्यवसाय बन्द गर्ने निर्णय

गैँडाकोटका सुनचाँदी व्यवसायी आन्दोलित, व्यवसाय बन्द गर्ने निर्णय
गैँडाकोट-  गैँडाकोट सुनचाँदी व्यवसायी संघले आजदेखि सम्पूर्ण सुनचाँदी पसल तथा व्यवसाय बन्द गर्ने निर्णय गरेको छ। संघले आइतबार आयोजना गरेको भेलाको निर्णय अनुसार सरकारले सुनमा लगाएको २ प्रतिशत बिलासिताको कर  र हिरा तथा रत्नजडित गहनामा १३ प्रतिशत VAT (मूल्य अभिवृद्धि कर) लागू गरेपछि व्यवसायीहरू आन्दोलित भएका छन्। संघले विज्ञप्ति जारी गर्दै उक्त कर प्रणालीलाई अत्यावश्यक करको नाममा पूर्ण रूपमा खारेज गर्न सरकारलाई दबाब दिनुको लागि व्यवसाय बन्द गर्ने निर्णय गरिएको उल्लेख गरेको छ। स...

सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार

सेयर बजारमा उच्च वृद्धि, साढे १६ अर्बको कारोबार
काठमाडौं । नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन बिहीबार सेयर बजार ७५.८४ अंक (२.७१ प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २८७० अंकमा पुगेको छ । २३९ कम्पनीको मूल्य बढ्दा ९ को घट्यो । आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १४ अर्ब ३ करोडको कारोबार भएकोमा आज १६ अर्ब ५९ करोडको भयो । सबै समूहका सूचक बढेका छन् । अन्य समूह सबैभन्दा धेरै ५.०९ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ १.७६, विकास बैंक १.९५, फाइनान्स २.८०, होटल तथा पर्यटन २.६०, हाइड्रोपावर ३।०४, लगानी ३.१७, ...

काठमाडौं महानगरको सभा असार २९ गते

काठमाडौं महानगरको सभा असार २९ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर सभा यही असार २९ गते दिउँसो बोलाइएको छ । बैठक करिब ४५ सेकेण्ड जतिमै टुंगिएको थियो ।६ महिनापछि बसेको कार्यपालिका बैठकमा मेयर बालेन साहले एउटामात्र एजेण्डा प्रस्तुत गरेका छ्न् । उनले नगरसभा अधिवेशन आइतबार दिउँसो २ बजे साथै त्यही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने घोषणा गरे । बैठकका लागि २४ वटा एजेण्डा गएपनि नगरसभासम्बन्धी एउटामात्र विषय भएको बताए ।यसअघि आजै बजेट सीमा निर्धारण समिति र राजश्व परामर्श समितिको बैठक बसेको थियो । बैठकले आर...

नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)

नीतिगत दर घट्यो, निजी क्षेत्रतर्फको कर्जा वृद्धि १२ प्रतिशत (पूर्णपाठ)
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुस्त अर्थतन्त्र गतिशील बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीति ल्याएको छ ।केन्द्रीय बैंकले राष्ट्रिय परिदृष्य पनि मध्यनजर गर्दै लचिलो मौद्रिक नीति ल्याएको हो ।आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले नीतिगत दर घटाएको छ । केन्द्रीय बैंकले स्थायी तरलता दर अर्थात् बैंक दर ०.५ प्रतिशत बिन्दुले घटाइ ६ प्रतिशतमा झारेको छ । त्यसैगरी नीतिगत दर ५ प्रतिशतबाट घटाइ ४.५ प्रतिशत बनाइएको छ । साथै, केन्द्रीय बैंकले स्थायी निक्षेप संकलन दर पनि ३...

बुधबार एकै दिन साढे ३८ अर्ब रूपैयाँको भुक्तानी, चालु वर्षका लागि भुक्तानी खाता लक

बुधबार एकै दिन साढे ३८ अर्ब रूपैयाँको भुक्तानी, चालु वर्षका लागि भुक्तानी खाता लक
काठमाडौं- सरकारले एकै दिनमा साढे ३८ अर्ब रूपैयाँ बढी (३८ अर्ब ६१ करोड) सरकारी खर्चको भुक्तानी गरेको छ। कानुनत: चालु आर्थिक वर्षका लागि खर्च निकासा गर्न पाउने अन्तिम दिन यति धेरै रकम भुक्तानी गरिएको हो। सहमहालेखा नियन्त्रक सुशीला अर्यालले योसँगै चालु आर्थिक वर्षका लागि भुक्तानी बन्द भएको बताइन्। ‘हाम्रो सिष्टम एआई बेस हुन्छ, राति १२ बजेदेखि अटोमेटिक लक हुन्छ। कानुनले विभिन्न परिस्थितिमा भुक्तानी गर्न सकिने व्यवस्था गरेको बाहेक अब भुक्तानी रोकियो,’ अर्यालले भनिन्। महालेखा...

खैरहनी नगरपालिकाको आर्थिक सर्वेक्षण सार्वजनिक

खैरहनी नगरपालिकाको आर्थिक सर्वेक्षण सार्वजनिक
चितवन ।खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको आर्थिक विवरणको विश्लेषण समावेश गरी आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । आर्थिक सर्वेक्षण भित्र नगरपालिकाको आर्थिक, सामाजिक, र पूर्वाधार विकासको अवस्थालाई चित्रण गरिएको छ। सर्वेक्षणले आर्थिक वर्षभित्र भए गरेका आर्थिक कृयाकलाप, विकास निर्माणमा प्राप्त प्रगति, समस्या र चुनौतीका साथमा आगामी आर्थिक वर्षमा गर्नुपर्ने सुधारका सुझावहरु समेत समेटेको छ । तथ्यमा आधारित नीति तर्जुमाको सिद्धान्तलाई आत्मसात गर्न र तथ्यांकद्...