सुनचाँदीमा करको चट्याङ – गैँडाकोटका व्यवसायी आन्दोलित, पसल ठप्प
गैँडाकोट- सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत ल्याएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (VAT) को विरोधमा गैँडाकोटका सुनचाँदी व्यवसायीहरू आन्दोलित भएका छन्।
गैँडाकोट सुनचाँदी व्यवसायी संघ नवलपुरले आज बिहान पत्रकार सम्मेलन आयोजना गर्दै संघर्षका कार्यक्रमहरू सार्वजनिक गरेको छ । संघका अनुसार आज र भोलि (जेठ २९ र ३० गते) गैँडाकोटका सयौं ग्राहकलाई सेवा दिँदै आएका ६० भन्दा बढी सुनचाँदी पसलहरू पूर्णरूपमा बन्द रहनेछन् ।
पसल बन्दसँगै व्यवसायीहरूको ट...


