×

आर्थिक

गभर्नरका लागि तीन जनाको नाम सिफारिस, एक नम्बरमा पौडेल

गभर्नरका लागि तीन जनाको नाम सिफारिस, एक नम्बरमा पौडेल
काठमाडौं । गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको सिफारिस समितिले तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको हो ।जसमध्ये पहिलो नम्बरमा विश्व पौडेलको नाम छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आजै बिहान गभर्नरमा पौडेललाई नियुक्त गर्ने सहमति जुटेको थियो ।अहिले तीनजनाकै नाम लिएर अर्थमन्त्री विष्णु पौडेल मन्त्रिपरिषद् बैठकका लागि बालुवाटार पुगिसकेका छन् ।

विश्व पौडेल बन्ने भए गभर्नर

विश्व पौडेल बन्ने भए गभर्नर
काठमाडौं- विश्व पौडेल गभर्नर बन्ने भएका छन्।अर्थविद्समेत रहेका पौडेललाई गभर्नर बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रस्ताव राखेका थिए।वैशाख २९ गते र आज गते बालुवाटारमा भएको कुराकानीमा सभापति देउवाले पौडेललाई गभर्नर बनाउन प्रस्ताव गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति जनाएका हुन्। ‘कांग्रेसले विश्व पौडेलको नाम दिएको छ, कांग्रेसले दिएकै नाममा सहमति भएको हो,’ बालुवाटार स्रोतले भन्यो, ‘सम्भवत आजै सिफारिस समितिबाट नाम सिफारिस...

टेरामक्स प्रकरण- कांग्रेस नेता मोहन बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

टेरामक्स प्रकरण- कांग्रेस नेता मोहन बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद गर्दा भ्रष्टाचार भएको भन्दै नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसदसमेत रहेका पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध मुद्दा दर्ता गरेको छ। अख्तियारले बिहीबार पूर्वसञ्चार मन्त्री बस्नेतसहित १६ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।पूर्वमन्त्री बस्नेत, पूर्वकानुन सचिव धनराज ज्ञवालीसहित १६ जना व्यक्ति र दुई कम्पनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको ह...

सुन तोलामा ३ हजार ५ सय घट्यो

सुन तोलामा ३ हजार ५ सय घट्यो
काठमाडौं - बिहीबार एकैदिन सुनको भाउ प्रतितोला ३ हजार ५ सय रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा प्रभाव परेको हो । चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी आज १९२५ रुपैयाँ कायम भएको छ ।

हुप्सेकोट गाउँपालिकाको सबैभन्दा कम बेरुजु ,जिल्लामै बनायो नयाँ रेकर्ड

हुप्सेकोट गाउँपालिकाको सबैभन्दा कम बेरुजु ,जिल्लामै बनायो नयाँ रेकर्ड
गैँडाकोट - नवलपुरको हुप्सेकोट गाउँपालिका जिल्लामा सबै भन्दा कम बेरुजु हुने पालिका बन्न सफल भएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा नवलपुरका आठ वटा पालिका मध्य हुप्सेकोट गाउँपालिका सबै भन्दा कम बेरुजु भएको पालिका बनेको हो । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार हुप्सेकोट गाउँपालिकामा १.०० प्रतिशत बेरुजु रहेको उल्लेख रहेको छ । हुप्सेकोट गाउँपालिकाको कुल लेखा परीक्षण रकम १ अर्ब १३ करोड, ८३ लाख, ९ हजार मध...

पाथीभरामा केबलकार बनाउने बाटो खुला

पाथीभरामा केबलकार बनाउने बाटो खुला
विराटनगर- ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार निर्माण गर्न बाटो खुलेको छ।केबलकार निर्माणको काम यथास्थितिमा राख्नु भन्ने यसअघिको अल्पकालीन आदेशलाई सर्वोच्च अदालतले निरन्तरता नदिएपछि केबलकार निर्माणको काम अघि बढाउन बाटो खुलेको हो। न्यायाधीशहरू नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले बुधबार चैत १३ को अल्पकालीन आदेशलाई निरन्तरता नदिने आदेश गरेको वरिष्ठ अधिवक्ता सतिषकृष्ण खरेलले जानकारी दिए।‘आदेशको पूरै विवरण अध्ययन गर्न बाँकी छ तर यसअघि यथास्थितिमा ...

डा. विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट निवेदन पेश, गभर्नर बन्न अयोग्य रहेको दावी

डा. विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट निवेदन पेश, गभर्नर बन्न अयोग्य रहेको दावी
काठमाडौं । अर्थशास्त्री डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा मंगलबार रिट निवेदन पेश भएको छ ।नेपाल राष्ट्रबैंकको ऐनविपरीत राजनीतिक दलका सदस्यलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको हो । रिटमा राजनीतिक दलबाट सीधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको दाबी गरिएको छ । अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले रिट पेश गरेका हुन् । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच पौडेललाई गभर्नर नियुक्...

मौलाकालीमा निर्मित इला होटलको पर्यटन मन्त्री पाण्डेद्वारा उद्घाटन

मौलाकालीमा निर्मित इला होटलको पर्यटन मन्त्री पाण्डेद्वारा उद्घाटन
गैडाकोट - आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका-१, मौलाकालीमा इला होटल तथा रिसोर्ट सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । सोमबार आयोजित एक विशेष कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले उक्त होटलको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति, विकास र साझेदारीको नमूनाको रुपमा मौलाकाली केवलकार विकास भएको बताए । उनले संस्कृतिको संरक्षण, धार्मिक पर्यटनको विकासमा र रोजगारी सृजनामा नि...

आज सरकारको नीति तथा कार्यक्रम पारित गरिने

आज सरकारको नीति तथा कार्यक्रम पारित गरिने
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनेछन् । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ...