सेयर बजार बढ्यो ६१.२५ अंक, कारोबार साढे १० अर्ब
काठमाडौं । सेयर बजारमा बुधबार दोहोरो अंकको वृद्धि भएको छ । ६२.२५ अंक बढेर बजार २६७३.६९ बिन्दु पुगेको छ ।बुधबार बजार २.३८ प्रतिशतले उकालो लागेको हो । आज ३ सय ८ धितोपत्रको ९९ हजार ३ सय ५ कारोबारबाट २ करोड ७२ लाख ४५ हजार ४ सय ५९ कित्ता सेयर किनबेच भएको छ ।
कारोबार रकम १० अर्ब ५१ करोड ८४ लाख ६ हजार ३ सय ५२ रुपैयाँ पुगेको छ । आज सबै उपसमूहको मूल्य बढेको छ । वित्त र जलविद्युत् लगानीकर्ताले आज बढी कमाएका छन् ।
बुधबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रोलाइफ इन्स...


