खाना खाएर ‘डीएसपी हुँ’ भन्दै पैसा नतिर्ने एक जना पक्राउ
काठमाडौँ । ‘नेपाल प्रहरीको डीएसपी हुँ’ भन्दै रेस्टुरेन्टको बिल नतिर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका-४ कुडुलेफेदी घर भएका ३२ वर्षीय चन्द्रकान्त पौडेललाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पौडेलले गत आइतबार राति पोखरा महानगरपालिका-८ सृजनाचोकस्थित रहेको ढावा रेष्टुरेन्ट एन्ड बारमा विभिन्न खानेकुरा अर्डर गरेर खाएको, पैसा तिर्ने बेलामा ‘म प्रहरीको डीएसपी हुँ भन्दै धाक धम्की दिई काउन्टरमा रहेको कर्मचारीमाथि अभद...


