×

चितवन – चितवन उद्योग संघ, रत्ननगर समितिको नेतृत्व अब सुवासचन्द्र गौतमले सम्हाल्ने भएका छन्। संघको सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

रत्ननगर नगरपालिकाका उपप्रमुख यादव प्रसाद पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशन संघका तत्कालीन अध्यक्ष उमाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

नवगठित कार्यसमितिमा उपाध्यक्षमा दीपक चापागाईं, विष्णु प्रसाद लामिछाने र माधव थपलिया चयन भएका छन्। सचिवमा शालिकराम बास्तोला, कोषाध्यक्षमा गीता सिम्खडा, सह–सचिवमा कपिल सिम्खडा जिम्मेवारीमा पुगेका छन्। महिला अध्यक्षको भूमिकामा बिन्दु शर्मा र युवा अध्यक्षमा प्रदीप सिंह कुर्मी चयन भएका छन्।

त्यस्तै, कार्यसमिति सदस्यमा उमा कुमारी सापकोटा, राजेन्द्र आचार्य, विष्णु प्रसाद भट्टराई, गोकर्ण गिरी र लक्ष्मी देवकोटा चयन भएका छन्। महिला उद्यमी मञ्च रत्ननगरको सदस्यमा जमुना ओझा र निर्मला पाण्डे रहेका छन् भने युवा उद्यमी मञ्चमा माधव सापकोटा र कृष्ण अर्यालले प्रतिनिधित्व गर्नेछन्।

लेखा समिति सदस्यको रूपमा रामप्रसाद पराजुली चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष गौतमले आगामी कार्यकालमा रत्ननगरको उद्योग तथा व्यापार क्षेत्रको समग्र विकासमा आफू र आफ्नो टिम समर्पित भएर लाग्ने प्रतिबद्धता जनाएका छन्।

तपाईको प्रतिक्रिया