गरिमा विकास बैंकको १९औँ वार्षिकोत्सवमा देशभर १९ सामाजिक कार्यक्रम सम्पन्न
चितवन- गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशभर १९ वटा सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम सम्पन्न गरेको छ। बैंकले आइतबार मात्र आठ स्थानमा रक्तदान कार्यक्रम सञ्चालन गरी ६०२ युनिट रगत संकलन गरेको जानकारी नायव प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले दिए।
बैंकले सुनसरीको इटहरी, पर्साको वीरगञ्ज, चितवनको नारायणगढ, काठमाडौंको बालुवाटार, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा रक्तदान कार्यक्रम गरेको थियो। नारायणगढमा मात्र ...


