नारायणगढ-मुग्लिङ सडक खण्ड पूर्ण रूपमा बन्द,अगाडि नबढ्न प्रशासनको आग्रह
चितवन । लगातारको भारी वर्षाका कारण नारायणगढ-मुग्लिङ सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि उक्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार साँझ एक सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि सो सडक खण्डमा सबै प्रकारका सवारी साधनको आवागमनमा पूर्ण रोक लगाएको हो।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचना अनुसार, लगातारको वर्षाले सडक खण्डका विभिन्न ठाउँमा पहिरो गई सडक अवरुद्ध हुन पुगेकाले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै या...


