×

मध्य नेपाल

बाँकेमा बाघ संरक्षणको ऐतिहासिक सफलता: ४ बाट बढेर ५१ पुगे सङ्ख्या

बाँकेमा बाघ संरक्षणको ऐतिहासिक सफलता: ४ बाट बढेर ५१ पुगे सङ्ख्या
नेपालगन्ज -  विश्व बाघ दिवस (जुलाई २९) को अवसरमा सार्वजनिक गरिएको नयाँ तथ्याङ्कले बाँके राष्ट्रिय निकुञ्जमा बाघ संरक्षणको ऐतिहासिक सफलता उजागर गरेको छ। पाटे बाघ संरक्षणकै मुख्य उद्देश्यले सन् २०१० मा स्थापना भएको बाँके राष्ट्रिय निकुञ्जमा करिब १२ वर्षको अवधिमा बाघको सङ्ख्या चारबाट बढेर ५१ पुगेको हो। सरकारले सार्वजनिक गरेको पछिल्लो गणना अनुसार बाँके राष्ट्रिय निकुञ्जमा हाल ५१ वटा पाटे बाघ रहेका छन्। सन् २०२२ को गणनामा यहाँ २५ वटा, सन् २०१८ मा २१ वटा र सन् २०१३ मा केवल ४ वटा म...

सिंहदरबारमा सर्वदलीय बैठक बस्दै

सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
काठमाडौं- बुधबार सर्वदलीय बैठक बस्दैछ।रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्न लागेको हो।बैठक बिहान ८ बजे सिंहदरबारमा बस्ने तय भएको छ। बैठकमा सुनसरी घटना लगायतका विषयमा छलफल हुनेछ।बिहान ८ बजे सिंहदरबारमा बस्ने गरी सभापतिले सर्वदलीय बैठक आह्वान गरेको रास्वपा महामन्त्री बिपिन आचार्यले जानकारी दिए। बैठकका लागि सबै दललाई पत्राचार गरिएको छ भने सभापति लामिछानेले आफै पनि फोन गरेर नेताहरूलाई आमन्त्रण गरेका छन्।बैठक लेखा समितिको हलमा हुनेछ।

धनगढीमा आत्मदाह प्रयास गरेकी ३५ वर्षीया युवतीको मृत्यु

धनगढीमा आत्मदाह प्रयास गरेकी ३५ वर्षीया युवतीको मृत्यु
धनगढी- धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी एक युवतीको उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ।मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीया ज्योति चौधरी रहेकी छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार उनले आइतबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्। घटनालगत्तै आफन्तले उद्धार गरी उनलाई सेती प्रादेशिक अस्पताल पुर्‍याएका थिए। उपचारका क्रममा उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको चिकित्सकहरूले बताएका छन्।अवस्था गम्भीर भएपछि ...

बागमती सरकारबाट एमालेका ६ मन्त्रीले दिए राजीनामा, समर्थन पनि फिर्ता

बागमती सरकारबाट एमालेका ६ मन्त्रीले दिए राजीनामा, समर्थन पनि फिर्ता
हेटौंडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष मन्त्रीहरुले सामूहिक राजनीनामा दिएका हुन् । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियाँलाई सम्बोधन गर्दै पठाएको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम एमालेको निर्णय तथा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै सरकारमा सहभागी सबै मन्त्रीले आजकै मितिदेखि लागू हुने गरी संयुक्त रूपमा र...

गैंडाकोट उद्योग वाणिज्य संघको चौथो अधिवेशन साउन ८ गते, तयारी अन्तिम चरणमा

गैंडाकोट उद्योग वाणिज्य संघको चौथो अधिवेशन साउन ८ गते, तयारी अन्तिम चरणमा
गैंडाकोट- जिल्ला उद्योग वाणिज्य संघ, गैंडाकोटको सातौँ साधारणसभा तथा चौथो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। आगामी साउन ८ गते गैंडाकोटस्थित मौलाकाली इला रिसोर्टमा भव्य रूपमा आयोजना हुने यस अधिवेशनको समुद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले गर्ने निश्चित भएको छ। उद्योगी र व्यवसायीहरूको छाता संगठनको रूपमा रहेको यस संघको अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने भएकाले यतिबेला स्थानीय व्यवसायीहरूमा चुनावी उत्साह र रौनक न...

सरकारी कर्मचारीको नयाँ तलबमान लागू – आधारभूत तलबसँगै १० प्रतिशत प्रोत्साहन भत्ता पनि

सरकारी कर्मचारीको नयाँ तलबमान लागू – आधारभूत तलबसँगै १० प्रतिशत प्रोत्साहन भत्ता पनि
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत घोषणा गरेको सरकारी कर्मचारीको नयाँ तलबमान शुक्रबार (साउन १) देखि कार्यान्वयनमा आएको छ। नयाँ व्यवस्थाअनुसार निजामती तथा सार्वजनिक सेवामा कार्यरत कर्मचारीको आधारभूत तलब १० प्रतिशतले वृद्धि गरिएको छ। सरकारले कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणाली सुरु गर्ने उद्देश्यसहित नयाँ आधारभूत तलबको १० प्रतिशत बराबर प्रोत्साहन भत्ताको पनि व्यवस्था गरेको छ। यसअघि प्रदान हुँदै आएको मासिक ५ हजार रुपैयाँ महँगी भत्ता यथावत् रहने भएकाले क...

बालेन सरकार गठनयता शेयर बजारमा ६ खर्बको पहिरो; आक्रोशित लगानीकर्ता सडकमा

बालेन सरकार गठनयता शेयर बजारमा ६ खर्बको पहिरो; आक्रोशित लगानीकर्ता सडकमा
काठमाडौं-  दुई तिहाइ नजिकको बलियो सरकार र नयाँ पुस्ताको नेतृत्वले शेयर बजारमा ‘बुल’ ल्याउने लगानीकर्ताको सपना तीन महिनामै दुस्वप्नमा परिणत भएको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकार गठन भएयता नेप्से परिसूचकमा निरन्तर पहिरो जाँदा लगानीकर्ताले झन्डै ६ खर्ब रूपैयाँ बराबरको सम्पत्ति गुमाएका छन् । विज्ञहरूको ‘ड्रिम टिम’ ले अर्थतन्त्र सम्हाल्दा समेत बजारले उल्टो बाटो समातेपछि पूँजीबजारका लाखौँ लगानीकर्ता यतिबेला सडक आन्द...

रायमाझीलाई चार र खाँडलाई दुई वर्ष कैद‚ अरूलाई कति ?

रायमाझीलाई चार र खाँडलाई दुई वर्ष कैद‚ अरूलाई कति ?
काठमाडौँ। काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद र ४० हजार जरिवाना तोकेको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई सजाय तोकेको हो। रायमाझीलाई एकीकृत कसुरमा चार वर्ष कैद र ४० हजार जरिवाना तोकिएको हो। उनलाई ठगीमा दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना‚ संगठित अपराधमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना एवं राज्यविरुद्धको कसुरमा डेढ वर्ष कैद र १५ हजार रुप...

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियामाथिको सरकारी ‘विज्ञापन प्रतिबन्ध’ बदर

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियामाथिको सरकारी ‘विज्ञापन प्रतिबन्ध’ बदर
काठमाडौं-  सरकारले निजी मिडियालाई सरकारी विज्ञापन नदिने गरी गरेको विभेदकारी निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ। न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८२ चैत १८ को सरकारी निर्णयलाई उत्प्रेषणको आदेशमार्फत बदर गर्ने ऐतिहासिक फैसला सुनाएको हो। फैसला सुनाउँदै न्यायाधीश सुवेदीले मुद्दाको पूर्ण पाठ तयार भइसकेकाले दुई दिनभित्र सार्वजनिक गरिने जानकारी दिनुभयो।  नेपाल मिडिया सोसाइटीका तर्फबाट दायर गरिएको रिटमा असार २२ र २३ गते दुवै पक्षबीच जोरदार ब...