भोटेकोशी बाढीपीडितका लागि लिटिल फ्लावर स्कुलको ५ लाख सहयोग
चितवन । जब प्राकृतिक विपत्तिले भोटेकोशी वरपरका बस्तीहरू तहसनहस बनायो, तब चितवनको नारायणगढस्थित लिटिल फ्लावर स्कुलका बालबालिकाको मन अमिलो भयो। पीडामा परेका दाजुभाइ-दिदीबहिनीको घाउमा मलम लगाउन ती बालबालिकाहरूले आफ्ना अभिभावकले खाजा खान दिएको खर्च कटाएर रकम जोहो गर्न थाले। विद्यार्थीहरूको यही निस्वार्थ र स्वतःस्फूर्त हुटहुटीबाट सुरु भएको प्रयासले अन्ततः ५ लाख रुपैयाँको ठूलो राहत कोषको रूप लियो, जुन रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको छ।
प्राकृतिक विपतिक...


