पूर्वउपराष्ट्रपति पुन राजनीतिमा फर्कने निर्णयको माओवादीभित्रै विरोध
काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ राजनीतिमा फर्कने निर्णयको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमै विरोध भएको छ ।बैठकको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै पूर्वमन्त्रीसमेत रहेका माओवादी नेता सुदन किरातीले पूर्वउपराष्ट्रपति पुन राजनीतिमा फर्कने कुराले राम्रो सन्देश नदिएको बताएका हुन् ।
‘उपराष्ट्रपति बनिसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्कन लागेको खबरले राम्रो सन्देश गएको छैन,’ किरातीले बैठकमा भने...