चितवनमा ग्यासको अभाव समाधानउन्मुख, प्रशासनको पहलमा ८२५ जनाले पाए ग्यास
चितवन । जिल्ला प्रशासन कार्यालयको विशेष पहल र सक्रियतापछि चितवन जिल्लामा सिर्जना भएको एलपी ग्यासको चरम अभाव नियन्त्रण र समाधानउन्मुख बनेको छ। बजारमा ग्यासको हाहाकार चुलिएलगत्तै प्रशासनले चालेको रणनीतिक कदम, नयाँ वितरण प्रणाली र तीव्र सक्रियताका कारण हालसम्म करिब ८२५ जनालाई सहजरूपमा ग्यास उपलब्ध गराइसकिएको छ।
बजारमा अस्वाभाविक चाप र कालाबजारीको जोखिम बढेपछि स्थिति सम्हाल्न प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्याल आफैँ मैदानमा उत्रिएका थिए। उनले ग्यास विक्रेता तथा डिलरहरूलाई ...


