जंगली बँदेलका लागि राखेको करेन्ट लागेर श्रीमतीको मृत्यु, श्रीमान् प्रहरी नियन्त्रणमा
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा जंगली बँदेल नियन्त्रणका लागि थापेको विद्युतिय पासो (करेन्ट) मा परेर एक महिलाको दुखद मृत्यु भएको छ। आफ्नै श्रीमानले बारीमा राखेको करेन्ट लागेर ६० वर्षीया हुमकला भण्डारीको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार धुर्कोट गाउँपालिका–५ मन्टारीका ६६ वर्षीय भेषराज भण्डारीले जंगली बँदेलबाट बालीनाली जोगाउन आफ्नो घरभन्दा करिब १५० मिटर टाढा बारीमा बिजुलीको पोलबाट नाङ्गो तार तानेर करेन्ट प्रवाह गरेका थिए। सोही करेन्टको पासोमा झुक्किएर...


