×

नवलपुर विशेष

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु
चितवन। चितवनमा थप एक जना कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको मृत्यु भएको छ ।चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका–१९ का ७७ वर्षीय पुरुषको आइतबारराति मृत्यु भएको अस्पतालका निर्देशक दयाराम लम्सालले जानकारी दिनुभयाे । निमोनिया, सुगर र प्रेसरको समस्या भई ती पुरुष कार्तिक १९ गते अस्पताल भर्ना भएका थिए ।२२ गते कोरोना रिपोर्ट पोजिटिभ आएपछि उनलाई कोभिड आइसीइमा राखेर उपचार थालिएको थियो ।  

नवलपुरको मध्यविन्दुुबाट ७ जुवाडे पक्राउ

नवलपुरको मध्यविन्दुुबाट ७ जुवाडे पक्राउ
गैँडाकोट । पूर्वि नवलपरासीको मध्यविन्दुबाट ७ जना जुवाडे पक्राउ परेका छन । मध्यविन्दु नगरपालिका वडा नं. २ स्थित शेरी भन्ने स्थानबाट ७ जना जुवाडे सोमबार दिउसो पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । उनिहरुको साथबाट ४२ हजार १७० नेपाली रुपैया र २६० दिराम बरामद गरिएको प्रहरी निरिक्षक विशाल तामाङले जानकारी दिए । नारायणजगं कार्कीको घरमा जुवा तास खेल्दै गरेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मध्यबिन्दु न.पा. वडा नं. ७ बस्न...

कोरोना सङ्क्रमण बढिरहेको बेला देवघाटमा मलामीहरुको भीडभाड

कोरोना सङ्क्रमण बढिरहेको बेला देवघाटमा मलामीहरुको भीडभाड
चितवन । कोरोना सङ्क्रमण बढिरहेको बेला देवघाटमा अन्त्येष्टि गर्न जाने मलामीहरुको भीडभाड देखिने गरेको छ । एउटै शव लिएर चार सयसम्म मलामी आउने गरेका छन् । देवघाट क्षेत्र विकास समितिले निरन्तर सूचना जारी गरेर बढीमा ३० जना मात्रै मलामी आइदिन आग्रह गरिरहेको भए पनि त्यसको बेवस्था गर्दै आफू र स्थानीयवासीलाई जोखिममा पारेर मलामी आउने गरेका हुन् । समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार शनिबार एकै दिन २० वटा शव अन्त्येष्टिका लागि ल्याइएको थियो । उहाँले भन्नुभयो “दिउँसो २ बजेतिर शव लैजाँ...

नवलपुरका एसपी मल्लमा कोरोना संक्रमण पुष्टि

नवलपुरका एसपी मल्लमा कोरोना संक्रमण पुष्टि
गैँडाकोट । पूर्वि नवलपरासीका एसपी प्रकाश मल्ललाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । उहाँमा आईतबार कोरोना रिर्पोट पोजेटिभ देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाँईले आफ्नो फेसबुक स्टाटस मार्फत एसपी मल्ल संक्रमित भएको जानकारी दिनुभएको छ । कोरोना नियन्त्रण तथा रोकथाम कार्यमा खटिने क्रममा एसपी संक्रमित भएको बताइएको छ ।

गैडाकोट र देवचुलीमा थप ४१ जना संक्रमित

गैडाकोट र देवचुलीमा थप ४१ जना संक्रमित
कावासोती । पुर्वि  नवलपरासीमा आज थप ४१ जनामा कारोना संक्रमण देखिएको छ । शुक्रबार संकलन गरी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा परिक्षणका लागि पठाइएका नमुना स्वावहरु मध्ये  देबचुलि नगरपालिकाका २२ जनाको र गैडाकोट नगरपालिकाका १९ जनाको रिपोट पोजेटिभ आएको नवलपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईले जानकारी दिए ।

कावासोतीबाट एक युवा बेपत्ता ;खोजी गरिदिन परिवारको आग्रह

कावासोतीबाट एक युवा बेपत्ता ;खोजी गरिदिन परिवारको आग्रह
गैँडाकोट । पूर्वि नवलपरासीको कावासोतीबाट एक युवा बेपत्ता भएका छन । कावासोती नगरपालिका वडा नं. ८ सगरमाथा टोलका १८ वर्षीय देवेन्द्र काफ्ले (पवन) कार्तिक २० गते रातिदेखि परिवारको सम्पर्कमा नआएका हुन । घरमा खाना खाएर कोठामा सुतेका उनि सोहि दिन मध्यरात देखि हराएको दाजु पुरुषोत्तम काफ्लेले उज्यालो खबरलाई जानकारी दिए । पुरुषोत्तमका अनुसार भाईले घरको पछाडीको ढोका खोलेर बाहिरिएका हुन । देवेन्द्रले प्रयोग गर्ने गरेको मोवाईल समेत सोहि दिनदेखि अफ रहेको परिवारले जनाएको छ । उनि हरिहर सन...

नारायणी नदीमा पौडी खेल्दा एक युवक बेपत्ता

नारायणी नदीमा पौडी खेल्दा एक युवक बेपत्ता
कावासोती । नवलपुरको  गैँडाकोट नगरपालिका–१० स्थित नारायणी नदीमा पौडी खेल्नेक्रममा शनिबार एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले दिएको जानकारी अनुसार बेपत्ता हुनेमा सिन्धुपाल्चोक भोटेकोशी गाउपालिका–३ बस्ने २४ वर्षका दिपक विक रहेका छन । बेपत्ता भएका दिपक गैँडाकोट–१० स्थित दुबोर्ग बियर फ्याक्ट्रीमा खाली बोतलहरु लिएर काठमाडौं देखि आएको ना ३ ख ६८९८ नम्बरको ट्रक चालक सानीमाको छोरासँग  घुम्न  आएका थिए । अन्य पाँच जना साथीहरु मिलेर नारायणीमा नुहाउनेक्र...

नवलपुरमा टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु

नवलपुरमा टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु
नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ३ भुटुके डाँडा सल्लाघारीको भित्री सडक खण्डमा होङसी सिमेन्ट कम्पनीबाट पाल्पाको ज्यामिरे भुटुके तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क ००७५ नम्बरको खाली टिप्पर दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै निधन भएको छ । विहीबार दिउँसो उक्त दुर्घटनामा भएको थियो । दुर्घटनामा परी टिप्पर चालक बारा जिल्लाको सिमरा निवासी ४२ बर्षीय रामहरी थापा र सोही टिप्परका सह चालक ३५ बर्षीय राजेन्द्र चौधरी रहेका छन् । टिप्पर अनियन्त्रित भई दुर्घटना भएको जिल...

गैँडाकोटमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

गैँडाकोटमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि
गैंडाकोट । गैंडाकोटमा आज थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कार्तिक १७ गते संकलित २२ र १८ गते संकलित ६६ गरी ८८ जनाको स्वाव संकलन गरि परीक्षणको लागि पोखरा पठाइएको मध्ये ४२ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । अन्य स्वावको रिपोर्ट आउन वाँकी रहेको उहाँको भनाई छ । संक्रमण पुष्टि हुनेहरुमा ३ जना स्वास्थ्य कर्मी समेत रहेका छन् । उनीहरु स्वास्थ्यका वडानम्वर १० का २ जना महिला र वडानम्वर ६ बस्ने १ महिला स्वास्थ्यकर्मी छन् । उह...