कावासोती । नवलपुरको गैँडाकोट नगरपालिका–१० स्थित नारायणी नदीमा पौडी खेल्नेक्रममा शनिबार एक जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले दिएको जानकारी अनुसार बेपत्ता हुनेमा सिन्धुपाल्चोक भोटेकोशी गाउपालिका–३ बस्ने २४ वर्षका दिपक विक रहेका छन ।
बेपत्ता भएका दिपक गैँडाकोट–१० स्थित दुबोर्ग बियर फ्याक्ट्रीमा खाली बोतलहरु लिएर काठमाडौं देखि आएको ना ३ ख ६८९८ नम्बरको ट्रक चालक सानीमाको छोरासँग घुम्न आएका थिए । अन्य पाँच जना साथीहरु मिलेर नारायणीमा नुहाउनेक्रममा दिपक बेपत्ता भएका हुन ।