Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ३ भुटुके डाँडा सल्लाघारीको भित्री सडक खण्डमा होङसी सिमेन्ट कम्पनीबाट पाल्पाको ज्यामिरे भुटुके तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क ००७५ नम्बरको खाली टिप्पर दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै निधन भएको छ ।
विहीबार दिउँसो उक्त दुर्घटनामा भएको थियो । दुर्घटनामा परी टिप्पर चालक बारा जिल्लाको सिमरा निवासी ४२ बर्षीय रामहरी थापा र सोही टिप्परका सह चालक ३५ बर्षीय राजेन्द्र चौधरी रहेका छन् ।
टिप्पर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक विशाल तामाङले जानकारी दिनुभयो ।  टिप्पर सडकबाट ३ सय मिटर तल खसेको थियो ।

तपाईको प्रतिक्रिया