Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

गैंडाकोट । गैंडाकोटमा आज थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कार्तिक १७ गते संकलित २२ र १८ गते संकलित ६६ गरी ८८ जनाको स्वाव संकलन गरि परीक्षणको लागि पोखरा पठाइएको मध्ये ४२ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।

अन्य स्वावको रिपोर्ट आउन वाँकी रहेको उहाँको भनाई छ । संक्रमण पुष्टि हुनेहरुमा ३ जना स्वास्थ्य कर्मी समेत रहेका छन् । उनीहरु स्वास्थ्यका वडानम्वर १० का २ जना महिला र वडानम्वर ६ बस्ने १ महिला स्वास्थ्यकर्मी छन् ।

उहाँहरु सहित गैंडाकोट १ मा ४ जना पुरुष, गैंडाकोट २ का २ पुरुष, गैंडाकोट ४ का २ पुरुष, गैंडाकोट ५ का ८ पुरुष २ महिला, गैंडाकोट ६ का १ पुरुष ३ महिला, गैंडाकोट ८ का ३ पुरुष २ महिला, गैंडाकोट ९ का १ पुरुष, गैंडाकोट १० का २ पुरुष २ महिला, गैंडाकोट ११ का २ महिला, गैंडाकोट १२ का १ पुरुष २ महिला र गैंडाकोट १३ का ३ पुरुष रहेका छन् । एक जना भरतपुर महानगरपालिका १० की महिला रहेकी छिन् । संक्रमित हुनेहरुमा गैंडाकोट नगरापलिकाका कर्मचारीहरु पनि रहेका छन् ।

 

तपाईको प्रतिक्रिया