×

नवलपुर विशेष

यस वर्ष नवलपुरमा सुन्तला उत्पादनमा कमी आयो

यस वर्ष नवलपुरमा सुन्तला उत्पादनमा कमी आयो
कावासोती । सुन्तलाको फूल लाग्ने बेलामा असिना परेपछि जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको हो । गएको चैत वैशाखमा परेको असिनाका कारण सुन्तला उत्पादनमा कमी आएको हो । असिनाका कारण बोटमा क्षति पुग्दा उत्पादनमा कमी आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जात फलफूल जोन कार्यक्रम नवलपुरका प्रमुख वरिष्ठ कृषि अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो । नवलपुरमा यस वर्ष करिब २० हजार टन सुन्त...

निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई महामन्त्री कोईरालाको निर्देशन

निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई महामन्त्री कोईरालाको निर्देशन
गैँडाकोट । नेपाली काँग्रेसका महामन्त्री शसांक कोईरालाले निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन । नवलपुरको गैँडाकोटमा नेपाली काग्रेसले आयोजना गरेको विरोधसभा लाई सम्वोधन गर्दै काग्रेस महामन्त्री कोईरालाले प्रधानमन्त्री ओलीको विरुद्धमा काँग्रेसले आयोजना गरेको विरोधसभालाई चुनावको अवसरको रुपमा काग्रेसले लिएको बताए । ओली नेतृत्वको वर्तमान सरकारले तोकिएको मितिमा चुनावमा गराउनेमा आशंका व्यक्त गर्दै उनले समयमै चुनाव गराउन आफुुहरुले दवाव दिने बताए । निर्वाचन क्षेत्...

नदीजन्य पदार्थ चोरी गर्ने १८ वटा ट्याक्टर प्रहरीको नियन्त्रणमा

नदीजन्य पदार्थ चोरी गर्ने १८ वटा ट्याक्टर प्रहरीको नियन्त्रणमा
नवलपुर। पूर्वी नवलपरासीबाट नदीजन्य पदार्थ चोरी गर्ने १८ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।आज विहान ४ बजेको समयमा जिल्ला प्रहरी कार्यलय नवलपरासी (पूर्व )र ईलाका प्रहरी कार्यालय दुम्किबास बाट खटिएको संयुक्त प्रहरी टोलीले १८ ट्र्याक्टर नियन्त्रणमा लिएको हो । विनयी त्रिवेणी गाँउपालीकाको पिदरी , मनिखम्बा स्थित रहेको बिनयी खोलाबाट १६ वटा र अस्थायी प्रहरी पोष्‍ट डण्डा बाट खटिएको प्रहरी टोलीले कावासोती ३ केरुङ्गे खोला बाट २ वटा ट्र्याक्टरलाई नियन्त्रणमा लिएको हो । न...

पर्वत -गैंडाकोट सम्पर्क मञ्चद्धारा प्रमुख प्रशासकीय अधिकृत भूसाल लाई स्वागत एवं सम्मान

पर्वत -गैंडाकोट सम्पर्क मञ्चद्धारा प्रमुख प्रशासकीय अधिकृत भूसाल लाई स्वागत एवं सम्मान
गैँडाकोट । गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल लाई आज पर्वत -गैंडाकोट सम्पर्क मञ्च गैंडाकोटले स्वागत एवं सम्मान गरेको छ ।गैँडाकोट नगरपालिकामा चार महिना अगाडि देखि कार्यभार सम्हालु भएका प्रमुख प्रशासासकीय अधिकृत भुसाललाई मञ्चले स्वागत एवं सम्मान गरेको हो । पर्वत-गैंडाकोट सम्पर्क मञ्चका अध्यक्ष प्रेम कुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बिष्णु प्रसाद भुसाल रहनुभएको थियो । कार्यक्रममा गैँडाकोट नगरपालिकाका शिक्षा शाखाका अधिकृत मो...

मनकामना केबलकार एकसाता बन्द हुने

मनकामना केबलकार एकसाता बन्द हुने
मुग्लिन । मनकामना केबलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको हो । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । कोरोनाको महामारीसँगै नौ महिना बन्द रहेको केबलकार गत मंसिर २८ गतेबाट पुनः सञ्चालनमा आएको थियो । सञ्चालनको पहिलो दिन नै एक हजारभन्दा बढी भक्तजनलाई सेवा दिन सफल मनकामना केबलकारमा दिनानुदिन यात्रु एवं भक्तजनको भीड बढ्ने क्रम जारी नै रहेको नायब महाप्रबन्धक शेरचन...

गण्डकी सरकारलाई जनमोर्चाको साथ, बलियो देखिए मुख्यमन्त्री गुरुङ

गण्डकी सरकारलाई जनमोर्चाको साथ, बलियो देखिए मुख्यमन्त्री गुरुङ
पोखरा । गण्डकी प्रदेश सरकारलाई राष्ट्रिय जनमोर्चाको समर्थन यथावत रहने भएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा दुई टुक्रा भएपछि संकटमा पर्ने भनिएको प्रदेश सरकारलाई जनमोर्चाले समर्थन यथावत राख्ने जनाएको हो । गण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको नेतृत्व गरिरहेका छन् । नेकपा विभाजन भएर गण्डकी सरकारमा पनि अविश्वासको प्रस्ताव आएमा वा अर्को समूहले साथ छाडेमा मुख्यमन्त्रीलाई विश्वासको मत जित्न गाह्रो पर्ने सबैको अनुमान थियो । तर जनम...

लायन्स क्लव अफ गैँडाकोट कालिगण्डकीद्धारा ह्‍‍वीलचेयर सहयोग

लायन्स क्लव अफ गैँडाकोट कालिगण्डकीद्धारा ह्‍‍वीलचेयर सहयोग
गैँडाकोट । लायन्स क्लव अफ गैँडाकोट कालिगण्डकीले पूर्वि नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नं. १५ तल्लो भ्यूरानका २७ वर्षीय राजु पुन लाई ह्वील चेयर हस्तान्तरण गरेको छ । १० वर्ष अगाडिदेखि स्पाईनल ईन्जूरीको समस्याबाट पीडित पुनलाई एडभान्स ह्वील चेयर हस्तान्तरण गरिएको हो । क्लवका अध्यक्ष खिलप्रसाद भूसालको अध्यक्षता एवंम् जोन चेयर पर्सन देशवन्धु सिग्देलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष तथा जोन चेयर पर्सन विमल लम्साल , कार्यक्रमका संयोजक लायन विन्दुप्रस...

प्रधानमन्त्री ओलीको कदमको समर्थनमा नवलपुरमा प्रदर्शन

प्रधानमन्त्री ओलीको कदमको समर्थनमा नवलपुरमा प्रदर्शन
नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नवलपरको कावासोतीमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको समर्थनमा प्रदर्शन गरेको छ । नेकपा नेता कार्यकर्ताको उपस्थितिमा र्‍याली  सहित कावासोतीमा कोण सभा समेत गरेका छन् । कावासोतीको फिल्म हलचोकबाट शुरु भएको र्‍याली  कावासोती थाना चोक अगाडी खुल्ला मैदानमा पुगी कोण सभामा परिणत भएको थियो । र्‍यालीमा सहभागी युवा नेता कार्यकर्ताले, युवा विद्यार्थी एकता जिन्दावाद, नेकपा पार्टी एकता जिन्दावाद,जनतको बहुदली जनवाद जिन्दावाद, सहित प्रधानमन्त्र...

प्रधानमन्त्रीको सर्मथनमा कावासोतीमा शनिवार युवाविद्यार्थीले प्रर्दशन गर्ने

प्रधानमन्त्रीको सर्मथनमा कावासोतीमा शनिवार युवाविद्यार्थीले प्रर्दशन गर्ने
गैँडाकोट । नेपाल कम्युनिष्ट पार्टि नेकपाका अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको देशभक्ति पूर्ण निर्णयको सर्मथनमा शनिवार नवलपुरमा प्रर्दशन गरिने भएको छ । युुवा तथा विद्यार्थीहरुको आयोजनामा नवलपुरको सदरमुकाम कावासोतीमा प्रधानमन्त्रीको सर्मथनमा प्रर्दशनको आयोजना गरिएको राष्ट्रिय युवासंघ नेपाल नवलपुरले जनाएको छ । राष्ट्रिय युवासंघका जिल्ला संयोजक कृष्ण कंडेलले ताजा जनादेशमा जाने प्रधानमन्त्रीको निर्णयको सर्मथनमा कावासोतीमा युवा विद्यार्थीहरुले प्रर्दशन गर्न लागेको...