×

गैँडाकोट । लायन्स क्लव अफ गैँडाकोट कालिगण्डकीले पूर्वि नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नं. १५ तल्लो भ्यूरानका २७ वर्षीय राजु पुन लाई ह्वील चेयर हस्तान्तरण गरेको छ ।
१० वर्ष अगाडिदेखि स्पाईनल ईन्जूरीको समस्याबाट पीडित पुनलाई एडभान्स ह्वील चेयर हस्तान्तरण गरिएको हो । क्लवका अध्यक्ष खिलप्रसाद भूसालको अध्यक्षता एवंम् जोन चेयर पर्सन देशवन्धु सिग्देलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष तथा जोन चेयर पर्सन विमल लम्साल , कार्यक्रमका संयोजक लायन विन्दुप्रसाद अधिकारी लगाएतले मन्तव्य राख्नु भएको थियो ।
क्लवको सामाजिक उत्तरदायित्व अन्तर्गत स्पाईनल ईन्जुरीबाट पीडित पुनलाई सहयोग गरिएको लायन्स क्लव अफ गैँडाकोट कालिगण्डकीका अध्यक्ष खिलप्रसाद भूसालले जानकारी दिए ।
कार्यक्रमका क्लवका पदाधिकारीहरु रमेश रिजाल, टंक चापागाई, कृष्ण कुवंर, लगाएतको उपस्थिति रहेको थियो । स्थापनाको तीन वर्षको अवधिमा क्लवले समाजिक उत्तरदायित्व अन्तर्गत  उलेख्य कामहरु सम्पन्न गरिसकेको छ ।

तपाईको प्रतिक्रिया