
गैँडाकोट । नेपाल कम्युनिष्ट पार्टि नेकपाका अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको देशभक्ति पूर्ण निर्णयको सर्मथनमा शनिवार नवलपुरमा प्रर्दशन गरिने भएको छ ।
युुवा तथा विद्यार्थीहरुको आयोजनामा नवलपुरको सदरमुकाम कावासोतीमा प्रधानमन्त्रीको सर्मथनमा प्रर्दशनको आयोजना गरिएको राष्ट्रिय युवासंघ नेपाल नवलपुरले जनाएको छ ।
राष्ट्रिय युवासंघका जिल्ला संयोजक कृष्ण कंडेलले ताजा जनादेशमा जाने प्रधानमन्त्रीको निर्णयको सर्मथनमा कावासोतीमा युवा विद्यार्थीहरुले प्रर्दशन गर्न लागेको उज्यालो खबरलाई जानकारी दिए ।
कावासोतीको फलफल चोक नजिकैको खुल्ला मैदानमा हुने कार्यक्रमलाई युवासंघका पूर्व अध्यक्ष एवंम् नेकपाका केन्द्रीय सदस्य राजिव पहारीले सम्बोधन गर्ने कार्यक्रम छ । संयोजक कडेलका अनुसार कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य कृष्ण घिमिरे, दिपक अधिकारी, चन्द्रमणी खनाल, जनकलाल श्रेष्ठ, किरण पौडेल लगायतको उपस्थिति रहने कार्यक्रम छ ।
सदरमुकाम कावासोतीमा हुने प्रर्दशनमा सहभागी हुन युवासंघले जिल्लाका सबै स्थानीय तहबाट युवाहरु परिचालन गरेको छ । कार्यक्रम स्थलमा पुग्नअघि विहान ११ वजे फिल्महल चोकबाट यालीको निस्कने राष्ट्रिय युवासंघले जनाएको छ ।