×

नवलपुर। पूर्वी नवलपरासीबाट नदीजन्य पदार्थ चोरी गर्ने १८ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।आज विहान ४ बजेको समयमा जिल्ला प्रहरी कार्यलय नवलपरासी (पूर्व )र ईलाका प्रहरी कार्यालय दुम्किबास बाट खटिएको संयुक्त प्रहरी टोलीले १८ ट्र्याक्टर नियन्त्रणमा लिएको हो ।

विनयी त्रिवेणी गाँउपालीकाको पिदरी , मनिखम्बा स्थित रहेको बिनयी खोलाबाट १६ वटा र अस्थायी प्रहरी पोष्‍ट डण्डा बाट खटिएको प्रहरी टोलीले कावासोती ३ केरुङ्गे खोला बाट २ वटा ट्र्याक्टरलाई नियन्त्रणमा लिएको हो ।

नदिजन्य पदार्थ चोरि निकासी गरिरहेको अबस्थामा लु ३ त १०३६ , लु ३ त ७५२५ , लु २ त ५४२३ , लु ३ त ४६५०, ना ६ त ९०५८ , लु४त १०८४, लु २ त७७२० , लु ४ त ८६६, लु २ त ४५४४ , लु४त २१४५ , रा १ त २९९९ , लु ३ त ४५७२ , लु४त १०८७ , लु ४ त १९३९ , लु ४ त ६९५ , लु ३ त ६२१६ , लु ४ त ३८९८ , एउटा नम्वर नखुलेको गरी १८ वटा ट्र्याक्टर रहेको प्रहरीले जानकारी दिएको छ । यस अघि पनि पटक पटक प्रहरीले धेरै नै ट्याक्टरहरु नियन्त्रणमा लिइसकेको छ ।

तपाईको प्रतिक्रिया