
गैँडाकोट । नेपाली काँग्रेसका महामन्त्री शसांक कोईरालाले निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन । नवलपुरको गैँडाकोटमा नेपाली काग्रेसले आयोजना गरेको विरोधसभा लाई सम्वोधन गर्दै काग्रेस महामन्त्री कोईरालाले प्रधानमन्त्री ओलीको विरुद्धमा काँग्रेसले आयोजना गरेको विरोधसभालाई चुनावको अवसरको रुपमा काग्रेसले लिएको बताए ।
ओली नेतृत्वको वर्तमान सरकारले तोकिएको मितिमा चुनावमा गराउनेमा आशंका व्यक्त गर्दै उनले समयमै चुनाव गराउन आफुुहरुले दवाव दिने बताए । निर्वाचन क्षेत्रका काग्रेस कार्यकर्ता लाई सम्बोधन गर्दै कोईरालाले आगामी निर्वाचनमा काँग्रेसलाई मत दिन आग्रह गरे ।
“भविष्य नेपाली काँग्रेसकै राम्रो छ नेपाली काँग्रेसले मात्रै परिवर्तन ल्याँउछ कोईरालाले भने” । कोरोनाको समयमा समेत भ्रष्टाचार बढेको, निर्मला हत्याकाण्डका दोषीहरुलाई कारबाहि गर्न नसकेको भन्दै उनले सरकारको आलोचना गरे ।
काँग्रेस महामन्त्री कोईरालाले विकासका सवालमा प्रधानमन्त्री ओलीको कुनै दृष्टि नभएको भन्दै सत्ता बसेर शासन गर्ने बाहेक केहि पनि काम प्रधानमन्त्रीबाट नभएको जिकिर गरे । विरोधसभामा काँग्रेसका जिल्ला स्तरका नेताहरुले सम्वोधन गरेका थिए ।