Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नवलपरको कावासोतीमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको समर्थनमा प्रदर्शन गरेको छ । नेकपा नेता कार्यकर्ताको उपस्थितिमा र्‍याली  सहित कावासोतीमा कोण सभा समेत गरेका छन् । कावासोतीको फिल्म हलचोकबाट शुरु भएको र्‍याली  कावासोती थाना चोक अगाडी खुल्ला मैदानमा पुगी कोण सभामा परिणत भएको थियो ।

र्‍यालीमा सहभागी युवा नेता कार्यकर्ताले, युवा विद्यार्थी एकता जिन्दावाद, नेकपा पार्टी एकता जिन्दावाद,जनतको बहुदली जनवाद जिन्दावाद, सहित प्रधानमन्त्री ओलीको समर्थनमा नाराहरु लगाएका थिए । र्‍यालीपछि भएको कोण सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहा, केन्द्रिय सदस्य, युवा संघका प्रर्व केन्द्रीय अध्यक्ष एवंम प्रदेश सभा सदस्य राजिव पहाडी, केन्द्रीय सदस्य तथा युवा संघका बरिष्ठ उपाध्यक्ष किरण पौडेल, केन्द्रीय सदस्य दिपक अधिकारी लगाएतका नेताहरुले सम्बोधन गर्दै प्रधामन्त्री केपी शर्मा ओलीको कदम सहि भएको भन्दै अब सबैलाई निर्वाचनको तयारीमा जुट्न आवह्वान गरेका थिए ।

राष्ट्रिय  युवा संघ नवलपुरका अध्यक्ष कृष्ण कंडेलको अध्यक्षतामा भएकाे कार्यक्रममा  अनेरास्वीयु जिल्ला सदस्य कृष्ण गैरेले  स्वागत मन्तव्य राखेका थिए भने  युवा संघका केन्द्रीय सदस्य बाबुराम पाण्डेले  कार्यक्रम  संचालन गरेका थिए  ।

तपाईको प्रतिक्रिया