×

नवलपुर विशेष

नेकपाका प्रभावशाली नेताहरु शंकर पोखरेल, बादल र महेश बस्‍नेत चितवन आउने

नेकपाका प्रभावशाली नेताहरु शंकर पोखरेल, बादल र महेश बस्‍नेत  चितवन आउने
चितपन । नेपाल कम्युनिष्ट पार्टी नेकपा चितवनको अगुवा कार्यकर्ता भेला पुस २० गते हुने भएको छ । भेलालाई केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त भेलालाई नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेकपा केन्द्रीय सदस्य तथा युवा नेता महेश बस्नेत, केन्द्रीय सदस्य तथा बागमती प्रदेश सहईञ्चार्ज काशीनाथ अधिकारी, बागमती प्रदेश सचिव आनन्द पोखरेल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम ...

गैँडाकोट नगरपालिकाको आठौँ नगरसभा सम्पन्न : तीन जना कर्मचारी सम्मानित

गैँडाकोट नगरपालिकाको आठौँ नगरसभा सम्पन्न : तीन जना  कर्मचारी सम्मानित
गैँडाकोट । गैँडाकोट नगरपालिकाको आठौँ नगरसभा सम्पन्न भएको छ । नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलको सभाध्यक्षमा भएको नगरसभाले वातावरण तथा प्रकृतिक स्रोत संरक्षण ऐन २०७७ विधेयकका केही बुँदाहरु संसोधन गरि निणर्यार्थ पारित गर्दै विहिबार आठौँ नगरसभा सम्पन्न भएको हो । आठौँ नगरसभामा गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद भूसालले गैंडाकोट नगरपालिकाको वातावरण तथा प्रकृतिक स्रोत संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ प्रस्तुत गर्नुभएको थियो । १९ पृष्ठहर...

चितवन गोन्द्राङका बसन्त खनाल लागुऔषध सहित पक्राउ

चितवन गोन्द्राङका बसन्त खनाल लागुऔषध सहित पक्राउ
नवलपुर । भरतपुर महानगरपालिका वडा नं. ९ का ४० वर्षीय बसन्त खनाल लागुऔषध सहित पक्राउ परेका छन । पश्चिमबाट पूर्वतर्फ जान आउदै गरेको लु १ ख ९९१७ नम्बरको बस लाई चेकजाँच गर्ने क्रममा सो बसको डिक्कि भित्र लागुऔषध लुकाई ल्याएका उनलाई जिल्ला प्रहरी कार्यालय नवलपुरले पक्राउ गरेको हो । बिनयी त्रिबेणी गाउँपालिका वडा नं २ दाउन्ने स्थित राजमार्गमा को संयुक्त चेकिङ टोलीले सवारी जाचँ गर्ने क्रममा उनि लागुऔषध सहित पक्राउ परेको डिएसपी मोहन बहादुर खाँणले जानकारी दिए । बसको डिक्कि भित्र लु...

काठ दाउराको बिक्रीवितरण खुलाउन माग गर्दै कावासोतीमा प्रदर्शन

काठ दाउराको बिक्रीवितरण खुलाउन माग गर्दै कावासोतीमा प्रदर्शन
कावासोती । काठ दाउरा बिक्रीवितरण खुलाउन माग गर्दै पुर्वी नवलपरासीको कावासोतिमा नवलपुर वैज्ञानिक वन संजालले पुर्व पश्चिम राजमार्गमा प्रदर्शन गरेका छन्। गत जेठमा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले अर्को ब्यवस्था नभए सम्मका लागि काठ दाउरा कटान, बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो । जेठमा लगाईएको प्रतिबन्ध अहिलेसम्म नखोलिएको भन्दै नवलपुर वैज्ञानिक वन संजालको अगुवाईमा प्रदर्शन गरिएको हो । कावासोतीको थकाली चोकबाट सुरु भएको र्‍याली डिभिजन वन कार्यालय अगाडि पुगेर कोण सभामा परि...

नवलपुरको देवचुलीका एक युवक बेपत्ता

नवलपुरको देवचुलीका एक युवक बेपत्ता
नवलपुर । देवचुली नगरपालिका वडा नं १० पृथ्वीनगर आफ्नै घरबाट मंगलबार बिहान साहिल पाण्डे नाम गरेका २१ बर्षीय एक युवक बेपत्ता भएका छन् । परिवारले जनाए अनुसार युवक मंगलबार बिहान करिब ११:३० बजे देखि आफ्नै निवासबाट हराएका हुन । बेपत्ता किशाेरकाे अनुहार कालाे बर्णकाे हल्का दार्ही जुँगा पालेकाे र किशाेरले साेमबार देखि नै खैराे रङ्गको सुरूवाल, टिसट, खुट्टामा चप्पल लगाएकाे परिवारले जनाएकाे । भारतमा बस्दै आएका उनी केही दिन अघि मात्र नेपाल आफ्नाे घर आएका थिए । उनलाई हिन्दी र अंग्...

नवलपरासी प्रहरीद्धारा २ लाख ७५ हजार मूल्य बराबरको अवैध मालसामान बरामद

नवलपरासी प्रहरीद्धारा २ लाख ७५ हजार मूल्य बराबरको अवैध मालसामान बरामद
गैँडाकोट । नवलपरासी (पश्चिम) प्रहरीले २ लाख ७५ हजार ३ सय मुल्य बराबरको अवैध मालसामान जिल्लाको बिभिन्न स्थानबाट बरामद गरेको छ । नेपाल तर्फ अवैध रुपमा ल्याउँदै गरेको २३ हजार ३ सय मुल्य बराबरको लेडिज कुर्ता, कटनको पटुकी , चिनी, बिजुलीको चिम लगायतका बिभिन्न मालसामान र नेपालबाट अवैध रुपमा भारत तर्फ लैजादै गरेको अन्दाजी २८ हजार मुल्य बराबरको ३५० केजी सेतो मटर जिल्लाको सरावल गाउँपालिका वडा नं. ७ शंकरपुरबाट बरामद गरिएको नवलपरासी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी र...

तमु ल्होसारको बिदा कटौती गर्ने कावासोती नगर शिक्षाको निर्णयप्रति जनजाति महासंघको आपत्ति

तमु ल्होसारको बिदा कटौती गर्ने कावासोती नगर शिक्षाको निर्णयप्रति जनजाति महासंघको आपत्ति
कावासोती । कावासोती नगरपालिकाले तमु ल्होसार पर्वको बिदा कटौती गरेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् नवलपुरले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । तमु ल्होसार पर्वको अवसरमा गण्डकी प्रदेश सरकारले दिएको सार्वजनिक बिदालाई प्रभावित पार्नेगरी त्यसको पूर्व सन्ध्यामा नगरपालिकाको शिक्षा शाखाले विद्यालय सन्चालन गर्न सूचना जारी गरेपछि महासंघले प्रेस बिज्ञप्ति मार्फत नगर शिक्षाको उक्त कदमको कडा शब्दमा निन्दा र भत्सर्ना गरेको छ । पौष १५ गते गुरुङ समुदायको महा...

तमु ल्होसार(पन्ध्र पुस) मा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

तमु ल्होसार(पन्ध्र पुस) मा गण्डकी प्रदेशमा सार्वजनिक बिदा
कावासोती ।  स्तमु ल्होसारका दिन बुधबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । तमु ल्होसार पर्वका अवसरमा बिदा दिने निर्णय गण्डकी प्रदेश सरकारले गरेको हो । प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा बिदा दिने निर्णय गण्डकी सरकारले यस अघि नै गत वर्ष गरेको थियो । राजपत्रमा सूचना नै प्रकाशित गरेर सरकारले यस वर्षका लागि जनैपूर्णिमा, इद, तमु ल्होसार, माघेसंक्रान्ति र सनम ल्होसारमा बिदा दिने निर्णय गरिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ ‘अप्रेसन महाहन्ट’, १६ जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ ‘अप्रेसन महाहन्ट’, १६ जना पक्राउ
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु चोरी–शिकार नियन्त्रण अभियानमा महत्वपूर्ण मानिएको ‘अप्रेसन महाहन्ट’ मङ्सिर २५ गतेदेखि शुरु गरिएको छ । यस अवधिमा १६ जना पक्राउ परेका छन् । दुई जना अखेटोपहारसहित, एक जना फरार र १३ जना रातको समयमा माछा मार्ने प्रयोजन देखाएर बसेका पक्राउ परेका हुन् । महाहन्टका लागि विशेष फौज बाहिनीबाट यहाँ खटिएको छ । निकुञ्ज सुरक्षार्थ नेपाली सेनासहित एक हजार हाराहारी सुरक्षाकर्मी परिचालन गरिएको बटुकदल गणका गणपति अरुण श्रेष्ठले जानकारी दिनुभयो । न...