×

नवलपुर विशेष

काङ्ग्रेस नवलपुरले पौष २५ गते जिल्लाका चार स्थानमा सरकार विरुद्ध प्रदर्शन गर्ने

काङ्ग्रेस नवलपुरले पौष २५ गते जिल्लाका चार स्थानमा सरकार विरुद्ध प्रदर्शन गर्ने
कावासोती । नेपाली काङ्ग्रेस नवलपुरले संसद विघटन र सरकारको असंवैधानिक कदमको विरोधमा पौष २५ गते जिल्लाको ४ स्थानमा विरोध प्रदर्शन गर्ने भएको छ । नेपाली काङ्ग्रेस नवलपुरका सचीव बालकृष्ण घिमिरेको अध्यक्षतामा मंगलबार कावासोती स्थित पार्टी कार्यालयमा भातृ संघसंस्था र शुभेच्छुक संस्थाको प्रमुख एवं प्रतिनिधि सहितको बैठकले पौष २५ गते प्रधानमन्त्री केपी ओलिको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको विरोधमा जिल्लाको चार स्थानमा प्रदर्शन गर्ने निर्णय गरेको हो । न...

अवैधरुपमा खोला उत्खनन गरी चोरी निकासी गरिरहेका १९ ट्र्याक्टर प्रहरी नियन्त्रणमा

अवैधरुपमा खोला उत्खनन गरी चोरी निकासी गरिरहेका १९ ट्र्याक्टर प्रहरी नियन्त्रणमा
कावासोती । अवैध रुपमा खोला उत्खनन गरेर खोलाजन्य पदार्थ निकासी गरिरहेको अवस्थामा पुर्वी नवलपरासी प्रहरीले १९ वटा ट्र्याक्टर नियन्त्रण लिएको छ । ईलाका प्रहरी कार्यालय दुम्किबासको संयुक्त प्रहरी टोलीले विनयी त्रिवेणी गाउपालिका वडा नं। २ बिनयी खोला बाट १२ वटा र प्रहरी चौकी तम्सरीया, प्रहरी चौकी हुप्सेकोट र अस्थाई प्रहरी पोष्ट डण्डाबाट खटिएको संयुक्त प्रहरी टोलीले हुप्सेकोट गाउपालिका-१ बेल्हुवा र कावासोती नगरपालिका १६ स्थित रहेको पत्थर खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन ए...

चितवन पुगेर प्रचण्डलाई बादलले भने : प्रधानमन्त्री बन्ने रहर भए चुनाव जितेर आउनुस

चितवन पुगेर प्रचण्डलाई बादलले भने : प्रधानमन्त्री बन्ने रहर भए चुनाव जितेर आउनुस
चितवन । नेपाल कम्युनिष्ट पार्टि नेकपाका सचिवालय सदस्य राम बहादुर थापा (बादल)ले प्रधानमन्त्री बन्ने भए चुनाव जितेर आउन प्रचण्डलाई सुझाव दिएका छन । नेतृत्वलाई अपदस्त गर्न प्रचण्डले गम्भिर षडयन्त्र गरेको भन्दै गुहमन्त्री समेत रहेका बादलले प्रधानमन्त्री बन्नको लागि जालझेलले नहुने बताए । चितवनमा आज नेकपाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बादलले प्रधानमन्त्री बन्ने भए चुनावमा जितेर आउन र पार्टि अध्यक्ष बन्ने भए महाधिवेशन मार्फत आउन प्रचण्डलाई सुझाव दिए । उनले ...

नवलपुरबाट  हराएका २१ बर्षीय किशोर भारतमा भेटिए

नवलपुरबाट  हराएका २१ बर्षीय किशोर भारतमा भेटिए
 देवचुली ।पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १० बाट हराईरहेका साहिल पाण्डे फेला परेका छन् । मंगलवार विहान आफ्नै निवासबाट हराईरहेका २१ वर्षिय पाण्डे भारतको अयोध्या राम मन्दिरमा फेला परेको परिवारले जानकारी दिएको छ । परिवारमा सामान्य मनमुटाव गरि घर छाडेर हिडेका पाण्डे भारतमा सकुशल भेटिएका छन् । गत बुधवार छोरा हराएको भन्दै खोजिदिन साहिलका वुवा र अंकलले जिल्ला प्रहरी कार्यालय नवलपुरमा निवेदन दिएका थिए । हराईरहेका पाण्डे अहिले परिवारको सम्पर्कमा रहेका छन् ।

नेकपा (ओली समूह)को गैँडाकोटमा सुदृढीकरण अभियान जारी

नेकपा (ओली समूह)को गैँडाकोटमा सुदृढीकरण अभियान जारी
गैँडाकोट । नेपाल कम्युनिष्ट पार्टि नेकपा (ओली समूह) ले नवलपुरको गैँडाकोटमा पार्टि सुदृढीकरण अभियानलाई तिव्र बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्टियताका पक्षमा गरेको निर्णयको स्वागत गर्ने नेकपाले जिल्लाको महत्वपूर्ण स्थानीय तहको रुपमा परिचित गैँडाकोटमा आफ्नो सकृयतालाई प्रभावकारी बनाएको हो । नगरका १८ वटै वडाहरुमा केन्द्रीय नेताहरु कृष्ण घिमिरे र दिपक अधिकारीको उपस्थितिमा अगुवा कार्यकर्तालाई प्रशिक्षण दिइएको नेकपाले जनाएको छ । गैँडाकोटमा शनिवारदेखि सुरु भएको अभियान पौ...

गैँडाकोट जेसीजको अध्यक्षमा दया सापकोटा चयन

गैँडाकोट जेसीजको अध्यक्षमा  दया सापकोटा चयन
गैँडाकोट । गैंडाकोट जेसीजको १५औं साधारणसभा तथा १४औं अधिवेशनले वर्ष २०२१ का लागि दया सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति  चयन गरेको छ । नयाँ कार्यसमितिको कार्यकारीणी उपाध्यक्षमा दीपक सापकोटा तथा मदन सापकोटा, महासचिवमा राजेश पौडेल, कोषाध्यक्षमा हरि पौडेल, उपाध्यक्षमा श्याम बन, क्षितिज आचार्य, सुदर्शन भुसाल र बिपिन सापकोटा चयन भएको निर्वाचन आयुक्त भानुभक्त रिमालले जानकारी दिए । कार्यसमितिको सह सचिवमा गौरी पौडेल तथा सह कोषाध्यक्षमा पवन कार्की चयन भएको निर्वाचन आयुक्त रिमा...

संविधान माथी कुनै किसिमको हस्तक्षेप भए महासंघले सशक्त प्रतिवाद गर्छ : महासचिव विष्ट

संविधान माथी कुनै किसिमको हस्तक्षेप भए महासंघले सशक्त प्रतिवाद गर्छ : महासचिव विष्ट
सन्जय भट्टराई/कावासोती । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले संविधान माथी कुनै किसिमको हस्तक्षेप भए पत्रकार महासंघले शसक्त प्रतिवाद गर्ने बताएका छ्न । नेपाल पत्रकार महासंघ पुर्वी नवलपरासी शाखाको प्रथम साधारणसभाको उदघाटन सत्रमा बोल्दै विष्टले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका विष्टले नेपालको प्रेस स्वतन्त्रता , अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकार र लोकतन्त्रको रक्षाको लागि पत्रकार महासंघको सबै शक्ति र प्रयोग हुने बताए । नेपालको राजनीत...

लागुुऔषध सहित २ युवा गैँडाकोटबाट पक्राउ

लागुुऔषध सहित २ युवा गैँडाकोटबाट पक्राउ
गैँडाकोट । लागुुऔषध सहित २ युवालाई ईलाका प्रहरी कार्यालय गैँडाकोटले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं. ११ बस्ने बर्ष २२का सन्तोष सुनुवार र नवलपरासी (पश्चिम) पालिनन्दन गाउँपालिका वडा नं. १ बस्ने बर्ष २२ का नरसिंह मल्लाह रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले जनाएको छ । कार्यालयका सूचना अधिकारी समेत रहेका डिएसपी मोहन बहादुर खाँणका अनुसार गैंडाकोट नगरपालिका वडा नं. ५ बाट ईलाका प्रहरी कार्यलय गैडाकोट बाट खटीएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रण...